Tuesday , June 27 2017

बैंकिङ रोजगारी

नेपाल बैंकमा जागीर खुल्यो

सरकारी बैंकमा जागीर खुलेको छ । नेपाल बैंकले दुई वर्षे कार्यकालका लागि चिफ ट्रेजरर माग गरेको हो । फाइनान्स, एकाउन्टिङ अथवा विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेको अथवा सीए उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा कम्तीमा पाँच वर्ष (कम्तीमा दुई वर्ष कमर्सियल बैंकको ट्रेजरी डिपार्टमेन्टमा सिनियर पोजिसनमा रहेर) काम गरेको अनुभव भएका नेपाली नागरिकलाई असार २५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nepalbank.com.np/pdf/vacancy/Vacancy_Chief_Treasury.pdf

नेपाल एग्रो माइक्रोफाइनान्समा रोजगारीको अवसर

नेपाल एग्रो माइक्रोफाइनान्समा विभिन्न तहका लागि रोजगारी खुलेको छ । माइक्रोफाइनान्सले अधिकृत, अधिकृत सहायक र सहायक पदमा कर्मचारी माग गरेको छ । एसएलसी पास देखी स्नातक तह पास गरेकाले आवेदन दिने सक्ने माइक्रोफाइनान्सले जनाएको छ । थप जानकारीका लागि तस्बिरमा हेर्नुहोस् । 

एनआईसी एसिया बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

एनआईसी एसिया बैंक लिमिटेडले विभिन्न १२ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ६ जुलाईभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

पूरा विज्ञापन हेर्न तथा जागीरको लागि एप्लाई गर्न तलको लिंकमा क्लिम गर्नुहोस् । 

http://www.nicasiabank.com/current-vacancies

नगुमाउनुहोस् अवसर : दुई वटा विकास बैंकमा रोजगारी खुला

सिन्धु विकास बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले एक जना डेपुटी सिईओ, एक जना डेपुटी जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि डिपार्टमेन्ट प्रमुखहरु, केही संख्यामा ब्रान्च मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि सुपरभाइजर तथा सिनियर एसिस्टेन्ट र केही संख्यामा एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट माग गरेको हो । यसमध्ये, एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ जुन भित्रमा एप्लाई गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंकमा जागीर खुलेको छ । बैंकले निकट भविष्यमा सञ्चालनमा आउन लागेका तथा हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयहरुका लागि लघुवित्त कार्यक्रम तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । लघुवित्त शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहकायक आवश्यक भएको बैंकले जनाएको छ । २० वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आफ्नो योग्यताबमोजिम आवेदन दिन सक्नेछन् । आवेदन असार २५ भित्र दिइसक्नुपर्नेछ । 

अनलाइनबाट एप्लाई गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 
https://docs.google.com/forms/d/e/1FAIpQLScDNsLmKXnJBtr6Hk8NVajYMV31I9q_SGHlC-fqLoelnP0lqA/viewform?c=0&w=1

मुक्तिनाथ विकास बैंकमा जागीर खुल्यो (विज्ञापन र आवेदन फारमसहित)

मुक्तिनाथ विकास बैंकमा जागीर खुलेको छ । बैंकले निकट भविष्यमा सञ्चालनमा आउन लागेका तथा हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयहरुका लागि लघुवित्त कार्यक्रम तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । लघुवित्त शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहकायक आवश्यक भएको बैंकले जनाएको छ । २० वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आफ्नो योग्यताबमोजिम आवेदन दिन सक्नेछन् । आवेदन असार २५ भित्र दिइसक्नुपर्नेछ । 

अनलाइन आवेदन बुझाउनका लागि यहाँ क्लिक गर्नुहोस् । 

https://docs.google.com/forms/d/e/1FAIpQLScDNsLmKXnJBtr6Hk8NVajYMV31I9q_SGHlC-fqLoelnP0lqA/viewform?c=0&w=1

सनराइज बैैंकमा रोजगारीको अवसर

सनराइज बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले चिफ रिस्क अफिसर र चिफ टेम्नोलोजी अफिसर पदका लागि कर्मचारी माग गरेको हो । दुबै पदका लागि स्नातकोत्तर उतीर्ण गरी पाँच वर्ष क वर्गको बैंकमा काम गरेको र सम्बन्धित क्षेत्रमा जानकारी भएको हुनुपर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेकाले २ जुलाईसम्म एप्लाई गर्न पाउनेछन् । एप्लाई अनलाइनमार्फत गर्नुपर्नेछ ।  

भ्योक्नसीसम्बन्धी थप जानकारी तथा अनलाईनमार्फत एप्लाई गर्नका लागि यहाँ किल्क गर्नुहोस् ।  

http://wwww.sunrisebank.com.np/career/

सिन्धु विकास बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी (विज्ञापनसहित)

सिन्धु विकास बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले एक जना डेपुटी सिईओ, एक जना डेपुटी जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि डिपार्टमेन्ट प्रमुखहरु, केही संख्यामा ब्रान्च मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि सुपरभाइजर तथा सिनियर एसिस्टेन्ट र केही संख्यामा एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट माग गरेको हो । यसमध्ये, एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ जुन भित्रमा एप्लाई गर्न सक्नेछन् । 

अनुभव नभएकालाई बैंकिङ करिअर सुरु गर्ने सुनौलो अवसर, जनता बैंकले माग्यो १५० जना कर्मचारी

जनता बैंक नेपाल लिमिटेडमा १५० जनाका लागि रोजगारीको अवसर खुलेकोम छ । बैंकले एक सय जना जुनियर एसिस्टेन्ट, २५ जना मेनेजमेन्ट ट्रेनी र २५ जना चार्टर्ड एकाउन्टेन्ट्स माग गरेको हो । 

जुनियर एसिस्टेन्ट र मेनेजमेन्ट ट्रेनीका लागि अनुभव आवश्यक नरहेको बताइएको छ । चार्टर्ड एकाउन्टेन्टका लागि भने अनुभव अनिवार्य नभएको तर भएकालाई प्राथमिकतामा राखिने बताइएको छ । 

जुनियर एसिस्टेन्टका लागि स्नातक उतीर्ण कर्मचारी माग गरिएको छ भने मेनेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर गरेको हुनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्ट पदमा भने दक्ष चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति दिइने बैंकले बताएको छ । 

उमेरको हकमा १४ जुनसम्ममा २८ वर्ष उमेर ननाघेका नेपाली नागरिकले जुनियर एसिस्टेन्ट पदका लागि आवेदन दिन सक्नेछन् । मेनेजमेन्ट ट्रेनीका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ भने चार्टर्ड एकाउन्टेन्टको उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

बैंकको जुनसुकै शाखा कार्यालयमा काम गर्न तयार हुने, कम्प्युटर जानेको, अंग्रेजी र नेपाली भाषमा पोख्त, स्मार्ट व्यक्तित्व, उत्कृष्ट अन्तरक्रियात्मक क्षमता, सकारात्मक सोच र अघि बढ्ने इच्छाशक्ति भएका व्यक्तिलाई नियुक्त गरिने बताइएको छ । आवेदन २० जुन सम्ममा दिन सकिनेछ । 

एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.growthsellers.com/job/apply_job_spec/403

राष्ट्रिय वाणिज्य बैंकको पाचौँ र छैटौँ तहको लिखित परीक्षाको मिति सर्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँचौँ र छैटौँ तहमा कर्मचारी नियुक्तिका लागि घोषणा गरेको लिखित परीक्षाको मिति सारेको छ । यसअघि छैटौँ तहको परीक्षा असार १३ र १४ गते तथा पाचौँ तहको  ११ र १२ गते हुने भनिएकोमा अब छैटौँ तहको परीक्षा असार २६ र २७ गते तथा पाचौँ तहको परीक्षा २८ र २९ गते हुने भएको हो ।

 

प्राइम कमर्सियल बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो

प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न सात पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट मेनेजरदेखि मेनेजर लेभलसम्ममा केही कर्मचारी नियुक्त गर्न खोजेको छ । त्यस्तै, उपत्यका भित्र र बाहिरका केही शाखाहरुका लागि केही संख्यामा मेनेजर र अफिसर लेभलका कर्मचारी माग गरिएको छ । साथमा इन्टरनल अडिट, मेनेजमेन्ट ट्रेनी, गोल्ड लोन सुपरभाइजर र ट्रेनी एसिस्टेन्ट पनि माग गरिएको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले १६ जुनभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।