February 24th, 2017

बैंकिङ खबरका पश्चिमाञ्चल व्युरो ज्ञवाली सम्मानित

बुटवल । सेवा विकास बैंक बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा स्थापित सेवा आर्थिक पत्रकारिता पुरस्कार २०७३ बाट बैंकिङ खबर डटकमका पश्चिमाञ्चल प्रतिनिधिसमेत रहेका बुटवलका पत्रकार अर्जुन ज्ञवाली पुरस्कृत भएका छन् । सेवा विकास बैंक स्थापनाको ११ अौं बर्ष प्रवेशको अवसरमा पुरस्कार वितरण गरिएको हो । बैंकका अध्यक्ष भिमप्रसाद तुलाचन,बै‌ंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्ले तथा नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले नगद १० हजार सहित सम्मानपत्रले पत्रकार ज्ञवालीलाई पुरस्कृत गरेका हुन् ।

ज्ञवाली विगत एक दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । उनी बुटवल एफएम, लुम्विनी टाइम्स डट कम, तिलोत्तमा दैनिक तथा बैंककिङ खबर डटकममा कार्यरत छन । पुरस्कार वितरण समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले मोफसलको पत्रकारिताको विकासको लागि सेवा आर्थिक पत्रकारिता पुरस्कारले ठूलो सहयोग पुर्याएको बताए ।

बैंकका अध्यक्ष भिमप्रसाद तुलाचनले रुपन्देहीको उद्योग, वाणिज्य एवं बैंककिङ क्षेत्रका गतिविधिहरुको खोज अनुसन्धान गर्ने पत्रकारलाई उत्प्रेरणा जगाउनका लागि बैंकले पुरस्कार प्रदान गर्दै आएको बताए । बैंकले उक्त पुरस्कार प्रत्येक बर्ष आर्थिक क्षेत्रका गतिविधिहरुलाइ संचार माध्यम मार्फत जनसमुदायमा पुराउने एक जना पत्रकारलाई प्रदान गर्दै अाएको छ । पत्रकारिता पुरस्कार छनौट समितिमा पत्रकार रामराज पाेखरेल संयोजक, सदस्यहरुमा बैंकका कार्यकारी अधिकृत महेशप्रसाद काफ्ले र पत्रकार महासंघ रुपन्देहीका निवर्तामान सचिव रुद्रहरी कुँवर रहेका थिए । कार्यक्रममा सेवा विकास बैंकका पुर्व सञ्चालकहरुलाइ बैंक स्थापना तथा सञ्चालनमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै धुब्र खत्री, पर्शुराम पाण्डे, धुव्रराज नेपाल, भोजप्रसाद श्रेष्ठ, भुवाप्रसाद लुइटेल, जिवन अर्याल, धुव्रप्रसाद खरेल र राजेन्द्र प्रसाद पन्थी लाइ दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]