September 19th, 2016

प्रविधिको दुनियाँमा गजबको फड्को : अब २१ रुपैयाँमै इन्टरनेट

internetइन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो २१ औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ । कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपीएस गतिमा इन्टरनेट उपलब्ध गराउनेछ । यही शुल्कमा ग्राहकले जडान गर्ने स्थानसम्म चाहिने फाइबर केवल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आईपी) टिभी सेटअप बक्स निःशुल्क पाउनेछन् । त्यस्तै १ वर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले ३ महिनासम्म आइपि टिभी निःशुल्क हेर्न पाउनेछन् । वाइफाइ राउटर लिन चाहने ग्राहकले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । इन्टरनेट सेवा छोडेपछि उक्त रकम फिर्ता पाइने कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]