मर्जर र एफपीओको कर विवादः सरकारको निर्णय सर्वोच्चद्वारा सदर

बैंकिङ खबर/सर्वोच्च अदालतले मर्जर/एफपिओमा कर असुल्ने सरकरको निर्णयलाई सर्वोच्चअदालतले सदर गरेको छ । बैंकर र बीमकले मर्जर/एफपिओको कर असुल्ने निर्णय विरुद्ध परमादेश माग्दै हालेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले सरकारलाई विपक्षी बनाएर हालेको रिट अदालतले खारेज गरिदिएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित […]


१० ठूला बैंकको सम्पत्तिको पुनर्मूल्यांकन गरिँदै

बैंकिङ खबर/सन् २०२४ को अप्रिलबाट नेपालका १० वटा ठूला बैंकको सम्पत्तिको पुनर्मूल्यांकन हुने (पोर्टफोलियो रिभ्यु) सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तार कर्जा सुविधा (ईसीएफ) लिँदा नेपाल सरकारले गरेको प्रतिबद्धताअनुरूप ठूला बैंकहरुको सम्पत्तिको पुनर्मूल्यांकन हुन लागेको हो । कोभिडपछि अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि आईएमएफले नेपाललाई ईसीएफअन्तर्गत ३७ करोड ६५ लाख अमेरिकी डलर […]


अर्थतन्त्रको विद्यमान अवस्था र मौद्रिक नीति

महाप्रसाद अधिकारी गभर्नर, नेपाल राष्ट्र बैंक अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, आपूर्ति शृंखलामा आएको अवरोध तथा समग्र मागमा आएको शिथिलताका कारण आर्थिक गतिविधि प्रभावित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित रहने देखिन्छ । चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । जलविद्युत् उत्पादनमा […]


वाणिज्य बैंक घोटाला प्रकरणः सर्वोच्चबाट पनि दोषी ठहर

बैंकिङ खबर/ सर्वोच्च अदालतले दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ । सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार दाजुभाई र राष्ट्रिय वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी […]


राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी(पूर्णपाठ)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन, २०८० मा संशोधन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो । नयाँ निर्देशन अनुसार अब ब्याज पूँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा Interest Capitalized Term Loan (ICTL) मा […]


यि हुन् धितोपत्र बोर्डको कारबाहीमा परेका ८८ कम्पनी(सूचीसहित)

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको अध्यक्ष रमेश हमालले बताए । कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । उनीहरुलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका […]


यी हुन् चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्थाहरु

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले केही महत्वपूर्ण व्यवस्था कार्यान्वयनमा ल्याएको छ। आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाइ नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्नेलगायतका व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखिएका छन्। त्यस्तै, नीतिगत व्यवस्थातर्फ चालु […]


बैंक तथा वित्तीय क्षेत्रलाई यसरी सम्बोधन गर्‍यो बजेटले

बैंकिङ खबर/ आगामी आर्थिक वर्षको बजेटमा पुँजीबजार क्षेत्रका केही कुरा समेटिएको छन्। सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले ६ वटा बुँदामा पुँजीबजारलाई बजेटमा समेटेका हुन्। बजेटमा कमोडिटी बजार सञ्चालन, गैरआवासीय नेपालीलाई लगानीको वातावरण निर्माण लगायतका ७ वटा व्यवस्था गरेका हुन्ः –स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिनेछ। बैङ्क, वित्तीय संस्था तथा सहकारी […]


कुन अर्थमन्त्रीको पालामा कस्ता आए बजेट ? (बजेट विशेष रिपोर्ट)

बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ लागि ७७ औं बजेट सार्वजनिक गर्दैछ । ३५औं अर्थमन्त्री डा. प्रकाशशरण महतले  दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । जसको आकार १६ खर्ब ८८ अर्ब रूपैयाँभन्दा सानो हुनेछ। नेपालमा २००८ सालदेखि बजेट प्रस्तुत गर्ने चलन सुरु भएको मानिन्छ। समग्रमा हेर्ने हो भने देश विकासको […]


अर्थतन्त्र उकास्नमा छैन सरकारको ध्यान

बैंकिङ खबर/ हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको दाबी गरे । उक्त कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ, समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन्, विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ, अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ, तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रो भन्दा राम्रो […]