विकास सहायता नीतिको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरु        

सङ्घर्ष बुढाथोकी । सन् २०२२ सम्ममा अति कम बिकसितबाट बिकासशील मुलुकमा, सन् २०३० सम्ममा मध्यम आययुक्तमा रुपान्तरण हुने सपना तय गरिएको छ । उक्त लक्ष्य प्राप्तिको लागि बैदेशिक सहायता परिचालन एउटा महत्वपूर्ण आयम मानिन्छ । बैदेशिक सहायता परिचालनका सन्दर्भमा बैदेशिक सहायता नीति, २०५९ लाई प्रतिस्थापना गर्दै बिकास सहायता नीति, २०७१ अगाडि सारिएको छ । बैदेशिक […]


विद्युत प्राधिकरणले चासो नदेखाउँदा ५७ मेगावाट विद्युत् खेर जाने अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन् । कूल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले […]


नेपालका २८.५ प्रतिशत जनता अझै गरीबी झेल्दै

मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो । प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका […]


नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै, प्राथमिकतामा के ?

रमेश लम्साल  । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ भौतिक पूर्वाधारको विकास, ऊर्जा क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जडीबुटी क्षेत्रमा विशेष प्राथमिकता दिएर […]


संघीय प्रशासन संचालनका लागि आठ खर्बभन्दा बढी आवश्यक

तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ । आगामी तीन आर्थिक […]


राष्ट्रिय विद्युत् प्रणालीमा निजी क्षेत्रको योगदान उत्साहजनक

रमेश लम्साल । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ ।  निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरु गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन बराबरी हैसियतमा पुगेको हो । मुस्ताङमा आयोजनास्थल रहेको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केही दिन पहिलेबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो […]


४१० मेगावाट क्षमताको जलविद्युत् आयोजना ओझेलमा

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका– १ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ । सो आयोजना विकास समितिमार्फत सञ्चालन भइरहको छ । एक वर्ष अघिदेखि जग्गाको मुआब्जा वितरण, पूर्वाधार निर्माणलगायत कार्यले गति लिन सकेको छैन । त्यस्तै विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य पनि पूरा हुनसकेको छैन […]


‘आर्थिक समृद्धि नै मेरो मूख्य एजेण्डा हो’ : डिबी लिम्बु

पर्यटन व्यवसायी दल बहादुर लिम्बु यही मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको प्रतिनिधिसभामा ललितपूरको क्षेत्र नम्बर ३ बाट नयाँ शक्ति पार्टीको तर्फबाट उठेका छन् । धरानमा जन्मिएर त्यहीँ हुर्किएका डिबी लिम्बुले १४ वर्ष ब्रिटिस आर्मीमा रहेर काम गरेका छन् । ब्रिटिस आर्मीमा रिटायर भएपछि हङकङको ट्राभल एजेन्सीमा चार वर्ष काम गरेको अनुभव लिएर लिम्बुले […]


चौधरी ग्रुपले राज्यलाई बुझायो झन्डै आठ अर्ब राजश्व

बैंकिङ खबर । व्यवसायिक घराना चौधरी ग्रुपले गत आर्थिक वर्षमा राज्यलाई सात अर्ब ८८ करोड रुपैयाँ राजस्व तिरेको बताएको छ । एक विज्ञप्ति जारी गर्दै चौधरी ग्रुपले आर्थिक वर्ष २०७२/७३ को तुलनामा ४० प्रतिशत बढी राजस्व तिरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७२/७३ मा चौधरी ग्रुपले पाँच अर्ब ५९ करोड रुपैयाँ राजस्व तिरेको थियो […]


आर्थिक अवस्थाप्रति राष्ट्र बैंक आशावादी, चार कारणहरुसहित

बैंकिङ खबर । नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाप्रति नेपाल राष्ट्र बैंक आशावादी देखिएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गर्दै राष्ट्र बैंकले अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्याङ्कले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको बताएको छ । साथमा, यस अवस्थाको पछाडीका चार आधारहरु पनि सार्वजनिक गरेको छ ।  १. साउन–भदौ महिनामा पर्याप्त […]