डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्रीबीच भेट, निर्धक्क भएर काम गर्न आश्वासन

बैंकिङ खबर/विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । शुक्रबार एसोसिएसनले अर्थमन्त्री पुनलाई भेट्दै वधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकाे हो । डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री पुनलाई भेट गरेका थिए । उक्त भेटघाटका क्रममा एसोसिएसनका […]


फागुनमा घरजग्गा कारोबार स्थिर

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०-८१ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर रहेको छ। माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर रहेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। त्यस्तै, फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको छ। […]


विकास बैंकहरुको नाफा करिब पौने ३ अर्ब

बैंकिङ खबर/ माघसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ३ अर्ब रुपैयाँ कमाउन सफल भएका छन्।राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ७ महिनाको अवधिमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्। यी विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा रहेको छ। यो बैंकले मात्रै ५५ करोड ८० लाख रुपैयाँ नाफा […]


अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई बोलायो वार्तामा

बैंकिङ खबर/ अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो । […]


धितोपत्र बोर्डको नेतृत्वका लागि १९ जना भिड्दै, को-को छन् प्रतिस्पर्धामा?(सूचीसहित)

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ दिनको म्याद दिएर आवेदन माग गरिएकोमा बुधबारसम्ममा १९ जनाएको आवेदन परेको हो । २०८० फागुन १६ गतेदेखि जारी आवेदनको अन्तिम मिति फागुन ३० गते (आज) सकिएको छ । अर्थ मन्त्रालय स्रोतले उपलब्ध गराएको सूचना […]


बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बैंकिङ खबर/ कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ । अदालतका प्रवक्ता तीर्थराज भट्टराईले उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न थप ५ दिन प्रहरीलाई दिइएको बताए । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी […]


अर्थमन्त्रीद्वारा नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह

बैंकिङ खबर/नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले यस्तो बताएका हुन् । अर्थमन्त्रीले पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरे । विश्व बैंक […]


साढे १८ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, १५ महिनाको आयात धान्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार मुलुकमा विदेशी मुद्राको सञ्चिति गत आवको असार मसान्तको तुलनामा १९.९ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ […]


सात महिनामा ८ खर्ब बढी रेमिट्यान्स भित्रियो

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ७ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब बढी पुगेको छ। आइतबार नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रस्तुत गर्दै ८ खर्ब ३९ अर्ब पुगेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि […]


रु. २१.५ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले साढे २१ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। जसमा २८ दिने ८ अर्ब रुपैयाँको, ९१ दिने ८ अर्ब ५० करोड रुपैयाँको र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः २०८० […]