धितोपत्र ऐन २०६३ संशोधन, यस्ता छन् नयाँ व्यवस्था

बैंकिङ खबर/ धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएको छ । धितोपत्र संशोधन विधेयक संसदको दुवै सदनले पारित गरेर २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको हो । […]


अब घरजग्गा कारोबार गर्दा अनिवार्य लाइसेन्स लिनुपर्ने

बैंकिङ खबर/ घरजग्गा कारोबार गर्दा अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा मालपोत ऐन २०३४ समेत संशोधन भएर संसदको दुवै सदनबाट पारित भइ २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै घरजग्गा सम्बन्धि कारोबार गर्न इजाजत लिनुपर्ने भएको हो । […]


लघुवित्तद्वारा नियम विपरित असुलेको ११४ करोड सेवा शुल्क फिर्ता

बैंकिङ खबर/ सञ्चालनमा रहेका ४८ लघुवित्त वित्तीय संस्थाले एक अर्ब १४ करोड रुपैयाँ नियम विपरित असुल गरेपछि फिर्ता गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ती लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट तोकिएको भन्दा धेरै सेवाशुल्क लिएपछि सम्बन्धित ग्राहकलाई नै फिर्ता गरेका हुन् । केन्द्रीय बैंकका अनुसार ४८ वटा लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७९/८० मा एकीकृत […]


२०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

बैंकिङ खबर/ २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार २०८० सालमा २ खर्ब ७९ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको हो । कार्यालयका अनुसार २०७९ को चैत मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनि ऋण २१ खर्ब, ६ अर्ब ६ करोड रहेको थियो । २०८० को चैत मसान्तसम्म यस्तो […]


झन्–झन् सस्तिँदै कर्जाको ब्याजदर

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले बैंशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा कम छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा कम स्टयाण्डर्ड चार्डर्ड […]


तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ। चालु आवका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा रु ९७ अर्ब ३७ करोड ७४ लाख […]


ग्रामीण विकास बैंक टाँडीका वरिष्ठ फिल्ड सहायकविरुद्ध मुद्दा

बैंकिङ खबर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारी विरुद्ध रु १९ लाख दुई हजार दुई […]


फाइनान्स कम्पनीहरुको खुद नाफा ५६ करोड रुपैयाँ

बैंकिङ खबर/ चालु आर्थिक वर्षको आठ महिनासम्म फाइनान्स कम्पनीहरुले ५६ करोड रुपैयाँमाथि नाफा आर्जन गरेका छन्। हाल सञ्चालनमा रहेका १७ वटामध्ये १२ वटा फाइनान्स कम्पनीले ५६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट देखिएको हो। बाँकी ५ वटा फाइनान्स भने घाटामा रहेका छन्। फाइनान्स कम्पनीमा नाफा आर्जनको […]


गाडी किन्न बैंकले दिए सवा १ खर्ब कर्जा

बैंकिङ खबर/ सवारीसाधन खरिद गर्न बैंक तथा वित्तीय संस्था (लघुवित्त संस्थाबाहेक)ले १ खर्ब २६ अर्ब रुपैयाँ बढी कर्जा दिएका छन्। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल १ खर्ब २६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ सवारीसाधन खरिद गर्न (हायर पर्चेज) कर्जा प्रवाह गरेका हुन्। सो कर्जामध्ये २० वाणिज्य बैंकहरुले १ खर्ब […]


विकास बैंकको खुद नाफा साँढे ३ अर्ब

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले साँढे ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गरेका छन् । जसमध्ये बसैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसगरी, गरिमा विकास बैंकले […]