सबैको लघुवित्त वित्तीय संस्था शाखा कार्यालय डुम्रेद्वारा मृत्यु दावी भुक्तानी

बैंकिङ खबर/तनहुँको बन्दीपुर गाउँपालिका १, डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय डुम्रेले मृत्यु दावी भुक्तानी गरेको छ । तनहुँ जिल्ला, बन्दिपुर गाउँपालिका वडा नम्बर १ भुँडाटारस्थित भुँडाटार सबैको महिला समूहकी ग्राहक सदस्य सन्जु गुरुङ नेपालीको कालगतिले मृत्यु भएपछि रिलायबल म्यादी बीमा अन्तर्गत मृत्यु दावी भुक्तानी वापत मृतककी सासू आमा मोतिमाया नेपालीलाई बन्दिपुर गाउँपालिका […]


जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्यज्योति बन्यो अब अझै बृहत्, सबल र विशाल

बैंकिङ खबर/ सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात आज पुस ७ गतेदेखि संयुक्त कारोबारको शुभारम्भ गर्दै एक उज्ज्वल सुरुआत गरेको छ। गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन्। सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा कारोबार भएसँगै यो कम्पनीको रजिस्टर्ड कार्यालय […]


‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ को शुभारम्भ

बैंकिङ खबर/ ‘युवासँग–महालक्ष्मी लाईफ’को सफलतापछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुदघाटन गर्नुभएको हो । कार्यक्रममा देशभरीबाट शाखा-उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो। समारोहमा अध्यक्ष मनोरञ्जन रमण […]


सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु आन्दोलित

बैंकिङ खबर/ सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु आन्दोलित भएका छन् । राजनीतिक नियुक्तमा आएका अध्यक्ष तथा प्रमुख प्रशासकले चरम भ्रष्टाचार गरेको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ अन्तर्गतको राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ आन्दोलित भएका हुन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको संस्थान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ र राष्ट्रिय बीमा संस्थान कर्मचारी संघका अध्यक्ष […]


प्रभु लाइफ इन्स्योरेन्स छैठौँ वर्षमा प्रवेश

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ। कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको हो। यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ। उल्लिखित उद्देश्यअन्तर्गत […]


नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएकोछ यसै क्रममा मिति २०७९ मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ साईतमा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूबाट जग पुजा सम्पन्न गर्नुहुँदै भवन निर्माणको औपचारिक शिलान्यास गर्नुभयो […]


प्रदेश तथा शाखा कार्यालयलाई पर्याप्त अधिकार दिन बिमा कम्पनीलाई निर्देशन

बैंकिङ खबर/ प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकारी विनियोजन गर्न नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै बिमाप्रति आम जनसमुदायको विश्वास अभिवृद्धि गर्नका लागि पनि कम्पनीहरूका हरेक प्रदेश र शाखा कार्यालयहरू पर्याप्त अधिकारसहित कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँको जोड छ । नेपाल बिमा प्राधिकरणको आयोजनामा वीरगञ्जमा […]


बिमा प्राधिकरणद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ निर्देशन जारी

बैंकिङ खबर/नेपाल बिमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरूलाई थप प्रभावकारी बनाउन तथा बिमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ । नयाँ व्यवस्था […]


प्रभु इन्स्योरेन्स र पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार

बैंकिङ खबर/प्रभु इन्स्योरेन्स लिमिटेड र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योेन्स, स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल’ विषयमा एक दिने सेमिनार सम्पन्न भएको छ । पोखरामा सम्पन्न भएको उक्त सेमिनारमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य, दावी विभाग प्रमुख बत्सल ढकाल, ए.एम.एल.तथा जोखिम […]


महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिकोको बैठकले भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ। भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ।