भारतीय बैंकिङ भन्दा नेपालको बैंकिङ क्षेत्र बढी डिजिटलाइजेशन

बैंकिङ खबर/ एउटा लेजर सिष्ट्रमबाट सुरुवात भएको नेपालको बैंकिङ इतिहास आज डिजिटलाइजेशनको जमानामा आइपुगेको छ। परम्परागतरुपमा प्रवाह भएको बैंकिङ सेवालाई (वित्तीय प्रविधि) फिनटेकको माध्यमबाट प्रदान गर्ने प्रविधि नै डिजि बैंकको अवधारणा हो। विश्व प्रविधिको बजारमा अत्याधुनिक प्रविधिमार्फत ग्राहकले सेवा लिइरहेको अवस्था छ। विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले पनि प्रविधिको भरपुर प्रयोग गरि डिजिटल बैंकिङको विकास गर्ने […]


नेपाल टेलिकम र साइबर नेटिक्सबीच सम्झौता

बैंकिङ खबर/ एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानहरुमा द्रुतगतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न प्याकेजहरू उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच […]


नेपालमा तीव्र गतिको इन्टरनेट ‘ब्रोडब्यान्ड’ प्रयोगकर्ताको सङ्ख्या बढ्याे : दूरसञ्चार प्राधिकरण

बैंकिङ खबर / तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन्। यसमध्ये एक करोड ९८ लाख ५३ हजार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता छन्। हालसम्म टेलिफोन सेवाको घनत्व १३.७५ र ब्रोडब्यान्ड सेवाको घनत्व ९१.५५ प्रतिशत पुगेको जनाइएको […]


‘फोन पे’ नेटवर्कमा पुस महिनामा मात्रै ५१ अर्ब बढिको कारोबार

बैंकिङ खबर/ भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पुस महिनामा मात्र ५१ अर्ब बढिको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्ररूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो। पुस महिनाभर फोन पे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो । फोन […]


टेलिकमले सोमबारदेखि ‘विन्टर अफर २०७८’ उपलब्ध गराउने

बैंकिङ खबर/ नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ ।कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको […]


सुबिसुको वार्षिक उत्सवको अवसरमा देशभरका २१ ठाउँमा रक्तदान

बैंकिङ खबर/ नेपालको सूचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससँगको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशकाविभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, […]


कोभिड -१९ का कारण क्यान इन्फोटेक मेला स्थगित

बैंकिङ खबर/ नेपालमा कारोनाको संक्रमणदर बढ्न थालेसँगै क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ । माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि सम्पुर्ण तयारी गरिएकोमा कोभिडका कारण मेला स्थगित गरिएको आयोजकले जनाएको छ । २७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना […]


विपदमा मोबाइल प्रविधि, मानव जीवनमा कति प्रभावकारी?

  जब कुनै युद्ध वा प्राकृतिक विपत्तिका कारण विश्वमा ठूलो तहसनहस हुन्छ अनि लाखौँ मानिसहरु घरवारविहीन हुन्छन् , त्यसबेला अधिकांश सञ्चार वा पूर्वाधारका संरचना या त क्षतिग्रस्त हुन्छन् वा तिनीहरु काम गर्न सक्ने अवस्थामा हुँदैनन्। तर त्यस्तो बेला मानिसहरु आफ्ना प्रियजनको सुरक्षा र विपद प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी पाउन आतुर हुन्छन्। संयुक्त राष्ट्रसंघको शरणार्थी उच्चायोगका […]


डिजिटल वालेट : एक वर्षमा ३० लाख प्रयोगकर्ता थपिए, कस्तो छ सुरक्षा सुनिश्चितता ?

बैंकिङ खबर। नेपालमा विगत एक वर्षयता झन्डै ३० लाख प्रयोगकर्ताहरू थपिएर यतिखेर ९२ लाख जनाले डिजिटल वालेट प्रयोग गर्न थालेको बताइन्छ। यो अवस्थामा सुरक्षासम्बन्धी चुनौतीहरू टड्कारो रूपमा आएको विज्ञहरूले औँल्याएका छन्। गतवर्ष साउन महिनामा क्यूआर कोडमार्फत् ५८ करोड रुपैयाँ जतिको कारोबार भएकोमा यस वर्षको साउनमा पाँच अर्ब रुपैयाँ नाघेको विवरण राष्ट्र बैंकले दिएको छ। राष्ट्र […]


माघ १८ गतेदेखि क्यान इन्फोटेकको २७ औं संस्करण शुरु हुने

बैंकिङ खबर। कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७औं संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन तथा त्यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति अन्तर्क्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको मेलाका लागि अन्तिम तयारी गरिएको हो […]