४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता

बैंकिङ खबर/ कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान)मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता भएका छन् । यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो । यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता पानमा थपिएका हुन् । […]


वाणिज्य बैंकको स्प्रेडदर औसत ३ प्रतिशत, कर्जाको ब्याजदर महँगिने

बैंकिङ खबर/ चालु आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकको औसत कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) ३ प्रतिशत कायम भएको छ। गत आव २०७७/७८ को दोस्रो त्रैमासमा औसत ४ दशमलव शुन्य ६ प्रतिशत रहेको स्प्रेडदर यो अवधिमा १ दशमलव शुन्य ६ विन्दुले घटेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मार्फत […]


‘यो वर्ष तरलता सहज हुँदैन, ब्याजदर घट्ने कुनै संकेत छैन’

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुमा एक दिनमै ७ अर्ब निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ १२ र १३ गतेको बीचमा बैंकहरुमा यो रकम जम्मा भएको हो। एक दिनमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको भएपनि तरलता सहज यो वर्षभरी नै नहुने बैंकरहरुको भनाइ छ। अहिले पनि बैंकहरुमा तरलता अभाव नै रहेको एक […]


वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा नियन्त्रणमा

 बैंकिङ खबर/ समग्रमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) औसतमा नियन्त्रणमा आएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको एनपीएल वार्षिक ०.५५ प्रतिशत बिन्दुले घटेर १.१३ प्रतिशतमा सीमित छ। गत वर्षको पुसमा औसत १.६८ प्रतिशत थियो। यस अवधिमा २१ वटा बैंकको निष्क्रिय कर्जा (नन् परफर्मिङ लोन) नियन्त्रणमा आएको छ। यसमध्ये ५ वटा […]


२१ बैंकको खराब कर्जा घट्यो, पाँच बैंकको बढ्यो, एक बैंककाे स्थिर

बैंकिङ खबर/  कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन्। चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल भएका हुन्। २७ वटा वाणिज्य बैंकमध्ये २१ वटा बैंक खराब कर्जा घटाउन सफल भएका छन्। सबैभन्दा बढी खराब कर्जा […]


ठूला निक्षेपकर्ताले पैसा झिकेपछि बैंकहरूको निक्षेप उच्च मात्रामा घट्याे

बैंकिङ खबर/ पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ। माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब २२ करोडले घटेको हो। गत पुसको तेस्रो साता १४ अर्ब, चौथो साता ५९ अर्ब र पुसको अन्तिम साता १७ अर्बले बैंकहरूको निक्षेप बढेको थियो। तर, […]


राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा १६ दशमलव ८७ प्रतिशतले बढ्याे

बैंकिङ खबर/ चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठवटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ। विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरू गरिमा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, ज्योति, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २० करोड १७ […]


सहकारीहरूको अनुगमनमा राष्ट्र बैंक सहभागी हुने

  बैंकिङ खबर/ ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ। प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल […]


साढे १३ अर्ब पुनर्कर्जा स्वीकृत, पर्यटन क्षेत्रले पायाे सर्वाधिक पुनर्कर्जा (कुन क्षेत्रमा कति?)

बैंकिङ खबर/ कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रले सर्वाधिक पुनर्कर्जा प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा स्वीकृत गरिएको पुनर्कर्जा सबैभन्दा बढी पर्यटन क्षेत्रमा देखिएको हो। पुस मसान्तसम्म स्वीकृत पुनर्कर्जा १३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँमध्ये पर्यटन क्षेत्रका लागि झन्डै आधा अर्थात् ४९.८९ प्रतिशत रकम गएको छ। रकमका […]


वीरगञ्ज भन्सारबाट ६ महिनामा ४ खर्ब ५ अर्बको वैदेशिक व्यापार, ७६ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ मुख्य नाकास्थित वीरगञ्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को अर्धवार्षिक अवधिमा ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ। चालू वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिने अवधिमा यो नाकाबाट वैदेशिक व्यापार ४ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको भन्सारले बताएको छ। यो अघिल्लो आव २०७७/७८ को पहिलो ६ महिनाभन्दा […]