बैंकिङ क्षेत्रमा ब्याजदर उतार चढाब : सैद्धान्तिक तथा व्यावहारिक पक्षहरुको विश्लेषण

राजनविक्रम थापा निर्देशक, नेपाल राष्ट्र बैंक कोरोना सङ्क्रमणको अवस्थापश्चात् समग्र विश्वको अर्थतन्त्रले गति लिन सकेको छैन । अझ नेपालजस्तो आर्थिक रूपमा कमजोर र विप्रेषणका जगमा अडेको अर्थतन्त्रमा विभिन्न प्रकारका विचलन देखिनु अस्वाभाविक पनि हैन । विगत केही समययता नेपालको अर्थतन्त्रलाई सूचित गर्ने प्रायः सबैजसो परिसूचकहरू स्थिर रहन सकेका छैनन् । लामो समयावधिपछि देखिएको भुक्तानी असन्तुलनको […]


नेपालमा विदेशी लगानीः अवस्था र प्रवर्द्धनका उपाय

डा. प्रकाशकुमार श्रेष्ठ कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक १. विषय प्रवेश आर्थिक वृद्धिका लागि उत्पादन बढ्नुपर्दछ र उत्पादन बढाउनका लागि लगानी बढ्नुपर्दछ । लगानीका लागि आन्तरिक र बाह्य वित्तीय स्रोत चाहिन्छ । नेपालजस्तो विकासशील देशमा लगानीका लागि आन्तरिक वित्तीय स्रोत पर्याप्त हुँदैन, त्यसैले बाह्य स्रोतका लागि विदेशी लगानीको आवश्यकता पर्दछ । विदेशी लगानीले वित्तीय स्रोत […]


ग्राहक र बैंकबीचको बढ्दो असमझदारी: निरुपण र निराकरण

हरि प्रसाद आर्चाय विषय प्रवेश विगत केही महिनादेखि विभिन्न पत्रपत्रिका सामाजिक संजाल र अन्य संचार माध्ययममा बैंक र बैंकबाट विभिन्न किसिमको सेवा सुविधा उपयोग गर्ने विशेष गरी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा कारोबार वा वित्तीय सुविधा लिने सेवाग्राही बीचमा निकै नै असमझदारी (Misunderstanding) बढ्दै गएर चरमोत्कर्षमा पुगेको भान हुनेगरी संचार माध्यमहरुबाट खबरहरु सम्प्रेषित भएको पाइन्छ […]


सधैँ ओझेलमा कृषि क्षेत्र र कृषक

-काशिनाथ गौतम- अहिले देशमा चुनावी माहोल तातिँदै गएको छ, दलहरुले आफ्नो जनता माझ आफ्ना घोषणापत्र सार्वजनिक गर्दैछन् । मतदातालाई आश्वासन दिँदै हिँडेका छन् । दलहरुको घोषणापत्रमा पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी, सहर स्मार्ट सिटि, मेट्रो रेल, पानीजहाज ल्याउने आफ्नो घोषणापत्रमा सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य लगायत प्राथमिकताका साथ राखेका छन् । यस्तो लाग्छ, […]


नेपालमा कर्जाको ब्याजदर निर्धारणको बहस

कृष्ण प्रधान  नेपालमा हाल मात्र होइन विगत आर्थिक वर्ष २०७५/७६ को सुरुदेखि अर्थात् २०७५ भदौ महिनादेखि पनि  नेपाली वित्तीय बजारका खेलाडी बैंक तथा वित्तीय संस्थाहरूबीच एक खाले ब्याजदरको लडाइँ देखिएको थियो । त्यसले नेपाली वाणिज्य बैंकहरूबीच एक खालको बैमनस्यता ल्याउनुका साथै नेपाली वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरू सम्मिलित संगठन नेपाल बैकर्स संघका सदस्यहरू बीच नै […]


बढ्दो वित्तीय अपराध र यसका कारक तत्वहरू

राजनविक्रम थापा वित्तीय प्रणालीमा भएको विकास र विस्तारसँगै वित्तीय अपराधका घटनाहरूमा पनि उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा हुने आर्थिक अपचलन, ठगी, लुटपाट एवम् अनियमितताका घटनाहरू दिनहुँ जसो पत्रपत्रिका एवम् सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् भने विशेष प्रहरी, अन्य अनुसन्धान निकाय र विभिन्न तहका अदालतहरूमा समेत हजारौंको संख्यामा वित्तीय अपराधसँग सम्बन्धित मुद्दाहरू […]


बैंक कर्जाको क्रेडिट रेटिङ र यसका सवालहरू

-लक्ष्मीनारायण ताम्राकार- क्रेडिट रेटिङको प्रारम्भ अमेरिकाबाट भएको मानिन्छ । सन् १९८०/९० को दशकमा अमेरिकामा रेल्वे लाइनको विकास तीव्र गतिमा बढ्दा आवश्यक रकम जुटाउन रेल्वे विकास गर्ने कम्पनीहरूले बण्ड जारी गरेका थिए । त्यतिबेला रेल्वे कम्पनीहरूले जारी गरेको बण्डको साँवा र ब्याज फिर्ता गर्ने क्षमताको विश्लेषण भएको देखिन्छ, जसलाई क्रेटिड रेटिङको प्रारम्भिक अभ्यासको रूपमा लिन सकिन्छ […]


हालको विश्वव्यापी मुद्रास्फीतिका कारक तत्वहरु

तिलक महरा मुद्रास्फीति संसारको हरेक देशले सामना गर्ने सबैभन्दा गम्भीर बृहत आर्थिक समस्याहरू मध्ये एक हो। सरल अर्थमा मुद्रास्फीति भनेको लगभग सबै वस्तु र सेवाहरूको मूल्यमा दिगो, द्रुत र निरन्तर रुपमा वृद्धि हो।अर्थतन्त्रको कुल मागमा अत्यधिक दबाब सिर्जना हुँदा, उत्पादन र सामग्रीको आपूर्तिको लागतमा अत्याधिक र अकल्पनीय वृद्धि हुँदा  र अर्थतन्त्रमा आधारित संरचनात्मक तत्वहरु जस्ता […]


बैंकहरुको आवश्यकता र महत्व

रबि काफ्ले बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् तथा आवश्यक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुन: […]


‘यस वर्षको दशैँ ‘डिजिटल दक्षिणा वर्ष’ को रुपमा मनाउँ’

 बैंकर मनोज ज्ञवाली  नेपाल राष्ट्र बैंक, समग्र बैकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुको डिजिटल बैंकिङ प्रवद्र्धनले रंग ल्याएको देखिन्छ । असार २०७८ मा बजारमा चलन चल्तीमा रु.५७१.९६ अर्बका नोटहरू थिए भने असार २०७९ मा चलन चल्तीका कुल नोटहरू ११.६% ले घटेर रु. ५०५.९० अर्ब बराबर रहेको छन् । नोट व्यवस्थापनको लागत र अप्ठ्याराहरू धेरै छन् […]