बैंकमा काम गर्नुहुन्छ ? कर्जा दिँदा यी कुरा ध्यान दिनुहोस् : नत्र लाग्नसक्छ बैंकिङ कसुर !

बैंकिङ बखर । अनधिकृत रुपमा कर्जा लिन वा दिन हुँदैन । अन्यथा बैंकिङ कसुर लाग्न सक्छ । कसैले पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा लिँदा वा दिँदा देहायको कार्य गर्नु हुँदैनःगलत, झुट्टा वा नरहे नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी कर्जा लिन वा दिन हुँदैन । धितोको अस्वाभाविक रुपमा बढी मूल्याड्ढन […]


ध्यान पुर्याउनुहोस्, कर्जा लिँदा पनि लाग्न सक्छ बैंकिङ कसुर

बैंकिङ खबर । कतिपय सर्वसाधारणहरु अन्जानमा पनि बैंकिङ कसुरमा फस्न सक्छन् । जस्तै, कर्जा लिन जाँदा बैंकले अनावश्यक शूल्क माग्न सक्छ । तर, बैंकको नियमका बारेमा थाहा नहुँदा कसैलाई त्यो आवश्यक शूल्क नै होला भन्ने लाग्न सक्छ । त्यस्तै, यति पैसा दिए तपाईँको कर्जा पास हुन्छ भनेर पनि लोभमा पार्ने काम हुन सक्छ । त्यसैले, […]


नेपालमा बीमाको इतिहास

बैंकिङ खबर । बीमाको प्रचलनको पृष्ठभूमि खोज्दै जाँदा ई.पू. ३ हजार वर्ष अघिको बेबोलोनिया र सुमरमा पुग्नु पर्नेहुन्छ । यी दुवै स्थान अहिलेको इराकमा पर्दछन् । त्यसबेला यी दुई राज्यका व्यापारीहरुले जहाजमा हुने चोरी, डकैती तथा अन्य क्षतिबाट बच्नका लागि सामूहिक रुपमा कोषको निर्माण गरेका थिए । त्यही कोषबाट यस्ता जोखिमहरुको क्षतिपूर्ति गर्दथे । यही […]


नेपालको बैंकिङ इतिहास : कुन बैंकले सुरु गरे कस्तो सेवा ?

बैंकिङ खबर । नेपालमा ८० वर्ष लामो बैंकिङ इतिहास छ । विश्वमा सबैभन्दा पहिला सन् १४७२ मा इटलीमा संसारकै पहिलो बैंकको स्थापना भएको थियो । बान्सा मोन्टे डीपस्सी डी सीना विश्वकै पहिलो बैंक हो । नेपालमा वि.सं. १९९४ मा पहिलो बैंकका रुपमा नेपाल बैंकको स्थापना भएको थियो । त्यसपछि निजी क्षेत्रबाट पहिलो बैंकका रुपमा नेपाल अरब […]


७ सय ३२ स्थानिय तहमा वाणिज्य बैंक पुगे, पुग्न नसकेका २१ स्थानिय तहहरु

दिलु कार्की, बैंकिङ खबर । २१ स्थानिय तहमा वाणिज्य बैंकहरुको शाखा पहुँच पुग्न बाँकी रहेको छ । ७ सय ५३ स्थानिय तह मध्ये हाल सम्म ७ सय ३२ स्थानिय तहहरुमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरिसकेका हुन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ७ वटै प्रदेश मध्ये सबै भन्दा बढी प्रदेश नम्बर १. […]


आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति (पूर्णपाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुका साथै लघुवित्तको मर्जरलाई पनि सहुलियत प्रदान गर्ने गरी प्रोत्साहन गरिएको छ । उत्पादनमूलक क्षेत्रमा गरिने लगानी सम्बन्धी व्यवस्थालाई कायम राख्दै समय थप गरिएको छ । कर्जा एवम् स्रोत व्यवस्थापनका लागि केही पुरानै व्यवस्थालाई यथावत […]


देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को ११ महिना अर्थात जेठ मसान्तसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ भने एघार महिनाको औसत मुद्रास्फीति ४.५ प्रतिशत रहेको छ । आयातको वृद्धिदर भने १७.३ […]


आर्थिक वर्ष २०७५/०७६ को बैंकिङ क्षेत्रलाई फर्केर हेर्दा

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/०७६ नेपालको बैंकिङ क्षेत्रका बैंकहरुको लागि तनावपूर्ण रह्यो । एक पछि अर्को गर्दै बैंकहरुले तनावपूर्ण अवस्थ झेल्दै नयाँ आर्थिक वर्ष २०७६÷०७७ लाई स्वागत गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बैंकहरुमा निक्षेप, तरलता, व्याजदर, व्याजदरको अन्तर लगायतमा एकपछि अर्को गर्दै संकट देखाप¥यो । त्यसपछि, सहुलियतपूर्ण कर्जा, भूकम्पपीडित कर्जा लगायतका विभिन्न […]


नयाँ आर्थिक वर्षका लागि यस्तो छ धितोपत्र बोर्डको नीति तथा कार्यक्रम (पूर्णपाठ)

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६।७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आ.ब. २०७४।७५ देखि प्रत्येक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । यस्तो छ, बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रमः १. नेपालको आर्थिक स्थिति आव २०७५।७६ मा वाह्य क्षेत्र बाहेक नेपालको […]


बैंकको मर्जर र एक्विजिशनबारे राष्ट्र बैंकको नीति (पूर्ण पाठसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सबल र सुदृढ बनाउने उद्देश्यले २०७३ सालमा मर्जर र एक्विजिसनसम्बन्धी नीति ल्याएको थियो । नीति कार्यान्वयनमा आएपछि हालसम्म १६५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती प्रक्रियामा सामेल भएका छन् । जसमध्ये १२३ वटाको इजाजत खारेज भई कुल ४२ संस्था कायम भएका छन् । उक्त नीतिले […]