बैंक अफ इङल्यान्डद्वारा ब्याजदर ५.२५ प्रतिशत कायम

बैंकिङ खबर/बैंक अफ इङ्ल्यान्डले ब्याजदर ५.२५ प्रतिशत कायम गरेको छ। बैंकको निर्णयले १५ वर्षयताकै उच्च स्तरमा ऋण लिने लागत रोक्का गर्ने विश्वव्यापी मुद्रास्फिति दशकौंमा उच्च स्तरमा पुगेपछि लगातार १४ पटक ब्याजदर वृद्धि भएको थियो । सन् २०२१ को डिसेम्बरपछि पहिलो पटक ऋणको लागत नबढाउने निर्णय गभर्नर एन्ड्रयु बेलीसहित नौमध्ये पाँच नीति निर्माताले ब्याजदर स्थिर राख्ने […]


नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण

बैंकिङ खबर/एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै यस्तै प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा वृद्धिदर १.९ प्रतिशत रहेको थियो । यस वर्ष भने ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले चालु आवमा […]


युरोपेली केन्द्रीय बैंकले १४ महिनामा १० पटक बढायो ब्याजदर

बैंकिङ खबर/युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सेप्टेम्बर २० देखि लागू हुनेगरी १०औं पटक निक्षेप सुविधाको ब्याजदर बढाएको हो । पछिल्लो वृद्धिसँगै ब्याजदर अहिलेसम्मकै उच्च भएको छ । ब्याजदर बढाउनुपर्ने या स्थिर राख्नुपर्ने भन्ने विषयमा अर्थशास्त्रीहरु विभाजित भइरहेका बेला ईसीबीले २५ आधार विन्दुले ब्याज बढाएर ४ प्रतिशत पुर्याएको हो । पछिल्लो […]


भारतमा कर्जा भुक्तानी भएको ३० दिनभित्र ग्राहकको डकुमेन्ट फिर्ता नगरे बैंकलाई दैनिक जरिवाना

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई) ले ऋण लिने ग्राहकलाई राहत दिने नीति ल्याएको छ । नयाँ व्यवस्थाअन्तर्गत अब ग्राहकलाई कर्जा दिने कुनै पनि बैंक तथा गैरबैंकिङ वित्त कम्पनी (एनबीएफसी)ले सम्पूर्ण कर्जा भुक्तानी भएको ३० दिनभित्र ग्राहकले पेस गरेको सम्पत्तिसम्बन्धी कागजात फिर्ता गर्नुपर्नेछ। त्यसो नगरे दैनिक ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। आरबीआईले भारतका सबै बैंक, […]


विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथि : आईएमएफ

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको  छ, “सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३८ प्रतिशत रहेको छ, जुन सन् २०१९ को तुलनामा नौ […]


लयमा फर्किँदै युरोपका अधिकांश बैंक

बैंकिङ खबर/ युरोपका अधिकांश बैंकहरु लयमा फर्किंएका छन् । युरोपेली बैंकिङ प्राधिकरणले सार्वजनिक गरेको युरोपियन क्षेत्रका बैंकहरुको स्ट्रेस टेस्टको नतिजा सन्तोषजनक देखिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको प्रतिकूल परिस्थितिलाई अधिकांश युरोपेली बैंकहरुले सहज ढंगले सामना गर्दै आएको स्ट्रेस टेस्ट प्रतिवेदनले देखाएको हो । स्ट्रेस टेस्टमा अधिकांश युरोपेली बैंकहरुको पुँजीको अवस्था सबल […]


रुसमा ब्याजदर १२ प्रतिशत पुग्यो

बैंकिङ खबर/रुसको केन्द्रीय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्याउने निर्णय गरेको छ । मंगलबार केन्द्रीय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पु¥याउने निर्णय गरेको हो। आकस्मिक बैठक बोलाएको केन्द्रीय बैंकले मुद्रास्फितिको दबाबका कारण मूल्य स्थिरता जोखिम सीमित गर्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ । रुसमा अगस्ट ७ सम्म वार्षिक मुद्रास्फिति दर बढेर […]


अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च

बैंकिङ खबर/अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक फेडले २५ आधार अंक (० दशमलव २५ प्रतिशत विन्दु)ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर बढाएर फेडले ५ […]


भारतको केन्द्रीय बैंकले रिपोदर यथावत राख्यो, ६.५% को आर्थिक वृद्धि लक्ष्य

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई)ले ब्याजदर स्थिर राख्ने प्रयासस्वरुप हालको रिपो दरलाई यथावत राख्ने निर्णय गरेको छ । बैंकको मौद्रिक नीति कमिटी (एमपीसी)ले बिहीबार हालको ६.५ प्रतिशत रिपो दर यथावत राख्ने निर्णय गरेको हो । लगातार ३ दिनसम्म बसेको एमपीसी बैठकले रिपो दर यथावत राख्ने निर्णय गरेको गभर्नर शक्तिकान्त दासले बताएका छन् । केन्द्रीय […]


अमेरिकामा ब्याजदर २२ वर्ष यताकै उच्च

बैंकिङ खबर/ अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर बढाएको छ । फेडले २५ आधार अंकले ब्याजदर बढाएको हो। यससँगै बेन्चमार्क ओभरनाइट ब्याजदर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुगेको छ। यो २००१ यताकै उच्च हो। अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति बढेको भन्दै ब्याजदर बढाएको बताएको छ। साथै बैंकले ब्याजदर अझै बढ्न सक्ने संकेत पनि गरेको छ। […]