अमेरिकामा घट्दै ब्याजदर

बैंकिङ खबर/ संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)ले ब्याजददरलाई ३ प्रतिशतभन्दा कममा झार्ने सम्भावना रहेको छ । उपभोक्ता खर्चमा आउने कमीले सन् २०२४ मा सामान्य मन्दी आउन सक्ने भएकाले फेडरल रिजर्भले ब्याजदर ३ प्रतिशतभन्दा कममा झार्न सक्ने युबीएसका प्रमुख अमेरिकी अर्थशास्त्री जोनाथन पिंगले बताएका हुन् । यसले २२५ बेसिक प्वाइन्टको कटौतीलाई संकेत गर्दछ । […]


चीनमा केन्द्रीय बैंकको अधिकार कटौती

बैंकिङ खबर/ चीनको केन्द्रीय बैंकको अधिकार कटौती गरिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले वित्तीय नियमनका क्षेत्रमा कम्युनिस्ट पार्टीको पकड बलियो बनाउन यस्तो कदम चालेको हो। पिपुल्स बैंक अफ चाइनाका केही अधिकार अहिले पार्टीको निगरानी गर्ने समितिलाई हस्तान्तरण गरिएको छ। अझै पनि दैनिक मुद्रा बजार नियमनमा केन्द्रीय बैंकको भूमिका महत्त्वपूर्ण छ। तर, अहिले पार्टीमा सो बैंकका गभर्नरको […]


चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण

बैंकिङ खबर/एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । […]


श्रीलंकामा भित्रियो ५.४ अर्ब डलर विप्रेषण

बैंकिङ खबर/सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैङ्क सीबीएसएल ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ। कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो, सीबीएसएलको तथ्याङ्कमा उल्लेख […]


बिटक्वाइनको मूल्य बढ्न थाल्यो

बैंकिङ खबर/अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्य निरन्तर बढ्न थालेको छ । एक वर्षयता निरन्तर बढ्न थालेको बिटक्वाइनले पछिल्लो समय फेरि कीर्तिमानी मूल्य छुन थालेको हो । सन् २०२१ नोभेम्बरमा बिटक्वाइनले कीर्तिमानी मूल्य ६४ हजार ४०० डलरको मूल्य पार गरेको थियो । त्यसयता, केही समय घटेर १६हजार ४५२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, पछिल्लो समय फेरी […]


श्रीलंकामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानूनको प्रस्ताव

बैंकिङ खबर/श्रीलंकाका न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले देशमा लघुवित्त संस्थाहरूलाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागू गर्ने योजना सोमबार सार्वजनिक गरेका छन् । उनले ठूलो संख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन भइरहेको र लघुवित्त संस्थाहरूको अनियमित विस्तार हुनु गम्भीर चिन्ताको विषय भएको बताए । राजपाक्षेले लघुवित्त संस्थाहरूको सुपरिवेक्षण र सञ्चालनका लागि […]


इटालीको वार्षिक मुद्रास्फीति दर ३२ महिनायताकै सबैभन्दा कम

बैंकिङ खबर/ इटालीमा वार्षिक मुद्रास्फीति दर २०२३ को नोभेम्बरमा ०.८ प्रतिशतमा झरेको छ । जुन मार्च २०२१ पछिको सबैभन्दा कम रेकर्ड गरिएको मूल्य हो । नोभेम्बरमा सुर्तीजन्य उत्पादनहरूसहित सम्पूर्ण सामूहिकताको लागि इटालियन राष्ट्रिय उपभोक्ता मूल्य सूचकांक मासिक आधारमा ०.४ प्रतिशतले घटेको र वार्षिक आधारमा ०.८ प्रतिशतले वृद्धि भएको छ । यो अक्टोबरमा १.७ प्रतिशतले घटेको […]


फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा परे गौतम अदानी

बैंकिङ खबर/गौतम अदानी फेरि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् । भारतीय सेयर बजारमा सूचीकृत उनको १० वटै कम्पनीको सेयरको मूल्य बढेपछि शीर्ष २० धनी व्यक्तिको सूचीमा उनी परेका हुन् । केहि कम्पनीको सेयर मूल्यमा २० प्रतिशतले बृद्धि भएको छ । यसले समूहको कुल बजार पूँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ। ब्लूमबर्ग बिलियनेयर्स […]


श्रीलंकाको अर्थतन्त्रस्थिर हुने प्रारम्भिक संकेत, पुनरुत्थानमा समय लाग्नेः आईएमएफ

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकाको अर्थतन्त्रस्थिर हुने प्रारम्भिक सङ्केत देखिएको बताएको छ। आईएमएफले श्रीलंकाको अर्थतन्त्रस्थिर हुने प्रारम्भिक सङ्केत देखिए पनि यसको पुनरुत्थान ‘अझै सुनिश्चित नभएको’ पनि बताएको छ। श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले शुक्रवार महत्वपूर्ण ऋण दरलाई एक प्रतिशत बिन्दुले घटाएर १० प्रतिशतमा झारेको छ भने वार्षिक मुद्रास्फीति १.५ प्रतिशतमा झरेको छ। […]


बेलायतमा आर्थिक वृद्धि बढाउन कर कटौतीको घोषणा

एजेन्सी । बेलायत सरकारले आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूका लागि कर कटौतीको प्याकेज घोषणा गरेको छ । बजेट उत्तरदायित्व कार्यालयले यी उपायहरूको संयुक्त प्रभावले व्यवसायिक लगानी बढाउने, धेरै मानिसलाई काममा लगाउने, अर्को वर्ष मुद्रास्फीति घटाउने र जीडीपी बढाउने बताएको छ । गतिशील अर्थतन्त्र मन्त्रीहरूको कुनै पनि आदेश वा निर्णयहरूभन्दा बढी मानिसको […]