बचतकर्ताको बचत फिर्ता गर्न पहल शुरु

बैंकिङ खबर/ सहकारीले बचतकर्तालाई ठगेपछि सरकारले बचतकर्ताको बचत फिर्ता गराउन पहल सुरु गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिम उपसमितिमार्फत तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल लिने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा […]


ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध

बैंकिङ खबर/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको तिनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरूविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए। प्रहरी उपरीक्षक अधिकारीले […]


एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ

बैंकिङ खबर/बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । सहकारीका सबै […]


बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

बैंकिङ खबर/ बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको जाहेरीका आधारमा संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पुस १८ गते पक्राउ गरेको हो । काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय स्थापना गरी जोरपाटी र भक्तपुरबाट बचतकर्ताको […]


सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौं निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका लागि ठोस कदम चाल्ने गरी उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिएकमा हुन्। त्यस अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा […]


लमजुङ कालिका सहकारी प्रकरणः फरार रहेका संस्थापक अध्यक्ष घिमिरे पक्राउ

बैंकिङ खबर/लमजुङको कालिका सहकारी ठगी प्रकरणका मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेका छन् । काठमाडौं धापासीमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । सहकारी ठगीमा मुख्य दोषी भनिएकी उनकी श्रीमति विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् । उनलाई काठमाडौंमा पक्राउ गरिएको बारे जिल्ला प्रहरी कार्यालय लमजुङले पुष्टि […]


मधेश प्रदेशका सहकारीको सदस्य संख्या घट्दो, ऋण प्रवाहमा गिरावट

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लामा गरेको अध्ययन अनुसार सहकारीको सदस्य संख्या, ऋण प्रवाह तथा कर्मचारीको संख्यामा समेत गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको असार मसान्तसम्म सहकारी संख्याको कुल पुँजी समेत घटेको छ । केन्द्रीय बैंकले अध्ययनका क्रममा १० वटा ठूला बचत तथा ऋण सहकारी संस्था छनोट गरेको […]


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई पुर्पक्षका लागि कारागार चलान

बैंकिङ खबर/ सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका दुई जना कारागार चलान भएका छन्। पोखरा महानगरपालिका–४ नाकोमुखस्थित सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी अनुसार पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका हुन्। उक्त ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय […]


शिव शिखर सहकारीका बचतकर्तासँग रकम दाबी कागजात माग

बैंकिङ खबर/सञ्‍चालकको मनोमानीले ठूलो रकम अपचलन भएपछि समस्याग्रस्त घोषित शिव शिखर सहकारी संस्थाका सदस्य बचतकर्तासँग सरकारले पाउनु पर्ने रकमको विवरण मागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो। आवेदन अनलाइनमार्फत सप्रमाण बुझाउनुपर्ने बुधबार प्रकाशित सूचनामा छ। बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि […]


मित्रमिलन सहकारी प्रकरणः कुश्माका प्रशासकीय अधिकृत पराजुली जेल चलान

बैंकिङ खबर/सहकारीको क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनले पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ । न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको […]