साहारा सहकारीविरुद्ध उजुरी दिन प्रहरीको आह्वान

बैंकिङ खबर/ चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूलाई उजुरी दिन आह्वान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना सार्वजनिक गर्दै १५ दिन भित्र उजुरी दिन पीडितहरूलाई आह्वान गरेको हो। भरतपुर महानगरपालिका वडा नं.०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा […]


राष्ट्र बैंकले ठूला सहकारीको अनुगमन नगर्ने, विज्ञ उपलब्ध गराउने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न अस्वीकार गरेको छ । सहकारी विभागको सिफारिसमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ ठूला कारोबार भएका सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँचका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न अस्वीकार […]


सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी

बैंकिङ खबर/ पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । अब उनीहरु पनि विश्वभरका प्रहरीका फरार सूचीमा रहनेछन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत शुक्रबार डिफ्युजन नोटिस जारी गरेको सूचना आएको थियो । कास्की […]


बचतकर्ताद्वारा सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालकहरुविरुद्ध उजुरी

बैंकिङ खबर/ ललितपुरमा कार्यालय राखेर बचत तथा ऋणको कारोबार गरिरहेको सुमेरु बचत तथा ऋण सहकारीका पूर्वसञ्चालक भरत महर्जनसहित सहकारीमा रहेका अहिलेका सञ्चालकहरुविरुद्ध उजुरी परेकाे छ । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र प्रहरी परिसर जावलाखेलमा तीन सय ५३ जना बचतकर्ताले उजुरी दिएका हुन् । उनीहरुले सहकारी सञ्चालकहरुले ठगी र बचत अपचलन गरेको आरोप लगाएका छन् […]


इमेज सहकारी अपचलन: ढोरपाटनका मेयरलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’

बैंकिङ खबर/ बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ। बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी फरार रहेका नेपाली र श्रीमती छेलालाई पक्राउ गर्न नेपाल प्रहरीले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)शुक्रबार […]


इमेज बचत सहकारी प्रकरणः कोषाध्यक्ष पक्राउ

बैंकिङ खबर/बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेर उनीसहितका सहकारीका सञ्चालक फरार थिए । खोजी गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो । रकम हिनामिना गरेको आरोप लागेर फरार […]


‘बचत तथा ऋण कारोबार गर्ने ५० प्रतिशत सहकारीका कारणले समस्या उत्पन्न’

बैंकिङ खबर/ सरकारले वित्तीय कारोबार गर्ने ५० प्रतिशत सहकारीहरुको कारणले सहकारीमा समस्या देखिएको बताएको छ । सरकारको तथ्याङ्कअनुसार ३१ हजारभन्दा बढी सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण वित्तीय कारोबार गर्ने गरी दर्ता भएका छन् । यसरी बचत तथा ऋण वित्तीय कारोबार गर्नेगरी दर्ता भएका सहकारीमा नै अहिले बढी समस्या देखिएको सरकारको दाबी छ । सहकारी […]


करोडौं रकम हिनामिना गरेर जनयोग सहकारीका सञ्चालक सम्पर्कविहीन

बैंकिङ खबर/ बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् । सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको […]


सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

बैंकिङ खबर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिए । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए । […]


ललितपुरका दुई सहकारी गाभिए

बैंकिङ खबर/सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुईवटा सहकारी गाभिएका छन्। शुक्रबार वर्ल्ड भिजन बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी गाभिएका हुन्। गाभिएपछि संस्थाको नाम वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी रहेको छ। गाभिएपछिको अध्यक्षमा चेतनाथ बजगाईँ चयन भएका छन्। शुक्रबार भएको एकीकृत साधारणसभाले उनलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो। […]