कालंगा हाइड्रो लिमिटेडकोे साधारण शेयर प्रत्याभुति सम्झौता

बैंकिङ खबर/ बझाङस्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडकोे कायम जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काशन गर्नका लागि रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभुति सम्झौता […]


युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बैंकिङ खबर/ युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यसले माघ २२ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ। उक्त लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने कम्पनीले जनाएको छ। साथै, कम्पनीले गत वर्षको नाफाबाट यस शेयरधनीहरुलाई १०.२६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी कुल […]


सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

बैंकिङ खबर/सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा माघ १७ गते, बुधबार आईपीओ बाँडफाँड भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा […]


अपरसोलु हाइड्रो इलेक्ट्रिकको नाफा ४७ प्रतिशत बढ्यो

बैंकिङ खबर/ अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा ४७ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार करअघिको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ६७ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्रीवापतको आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले चालु आर्थिक […]


आजसम्म शेयर किन्नेले रिलायबल नेपाल लाइफको १६% बोनश शेयर पाउने

बैंकिङ खबर/ रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त […]


माउन्टेन ग्लोरीले ४० लाख कित्ता आईपीओ जारी गर्ने

बैंकिङ खबर/ विगत ८ वर्ष देखि दोभिल्ला, पोखरास्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि १०० रुपैयाँ अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी एल एस क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । साधारण शेयर […]


मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रबैंकले लाभांश वितरणमा रोक लगाएको छ । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको ६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो । सो निर्णय स्वीकृतिका लागि राष्ट्रबैंक पठाइएकोमा त्यहाँबाट अस्वीकृत भएको हो । राष्टबैंकले माघ ८ गते […]


पूर्वडेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा स्टक एक्सचेञ्जकाे अध्ययन गर्न समिति गठन

बैंकिङ खबर/ सरकारले दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहे/नहरेको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटीको नेतृत्वमा एक कानुन व्यवसायी र अर्का चाडर्ट एकाउन्टेन्ट रहने गरी समिति गठन गरेको हो । समितिलाई दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहेको नरहेको विषयमा अध्ययन गर्दै प्रतिवेदन […]


‘बुक बिल्डिङ’मा खुल्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओ

बैंकिङ खबर/ रिलायन्स स्पिनिङ मिल्सले आजदेखि ‘बुक बिल्डिङ’ प्रक्रियामा प्राथमिक सेयर (आईपीाअ‍े) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीको जारी पूँजी एक अर्ब नब्बे करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने सेयर बिक्री खुला गर्दै छ । उक्त प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० […]


नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ। माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांस वितरण नगर्ने निर्णय गरेको हो । यस्तै समितिले लाभांश प्रस्तावबिनै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ […]