बैंकिङ्ग फ्रड भनेको के हो ?

बैंकिङ खबर/ अहिले धेरै मानिसहरुले जिन्दगी भरिको आफ्नो मेहनतको कमाइ विश्वास गरेर बैंकमा जम्मा गरेका हुन्छन् । धेरैले त्यसबाट पाइने ब्याज र अन्य सुविधाहरु भन्दा पनि सुरक्षित रहने विश्वासले नै बैंकमा जम्मा गर्छन् । तर, उनीहरुले सोचेको जस्तै के बैंकमा रकम जम्मा गरेपछि सुरक्षित हुन्छ त ? बेला बेलामा सार्वजनिक भइरहने बैंकिङ्ग फ्रड तथा अन्य […]


रिपो र रिभर्स रिपो के हो ?

रिपो : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको  समयावधिको लागि तरलता प्रवाह […]


के हो निक्षेप सुरक्षण ?

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दति खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो । हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा […]


मुद्रास्फीति के हो ? कस्तो हुन्छ प्रभाव ?

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने […]


हुण्डी अपराध हो, फस्नुहोला (हेर्नुहोस् हुण्डी गर्दाका हानीहरु)

नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भनिन्छ । रेमिट्यान्सबाट देशलाई प्राप्त हुने भनेको विदेशी मुद्रा नै हो । हामीलाई ठुलो मात्रामा विदेशी मुद्रा चाहिन्छ । बिभिन्न बस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रा आवश्यक पर्छ । रेमिट्यान्सबाट आएको रकम विदेशी मुद्रामा आउँछ । बैंकले त्यसलाई साटेर नेपाली मुद्रा दिन्छन् । व्यापार घाटालाई मिलान गर्न पनि यहि विदेशी […]


नेपालमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका समस्याहरु

 बैंक तथा वित्तीय संस्थाको नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रबर्द्धन कार्यमा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था छ जसको प्रभावकारिता ज्यादै न्यून देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीले उक्त रकम दुरुपयोग गर्ने तथा सामान्य औपचारिकता मात्र पुरा गरेको देखिन्छ । – सहकारी तथा लघु वित्त कम्पनीहरुको देश भर व्यापक संजाल भएता […]


सहकारी क्षेत्र : चुनौती, अवसर र सम्भावना

बैंकिङ खबर । कुनैपनि मुलुकको आर्थिक सामजिक तथा सांस्कृतिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा देशभर अहिले ३५ हजार २ सय ३९ सहकारी संस्थामा ८७ लाख ४९ हजार १ सय ३२ सदस्य आबद्ध छन् । समुहमा काम गर्ने भएकाले सहकारीले सदस्यहरुको आर्थिक विकासमा सहयोग पुर्याएको हुन्छ । नेपालमा पछिल्लो समय बचत तथा ऋण […]


के हो हुण्डी, हुण्डीबाट देशलाई के छ घाटा ?

के हो हुण्डी ? सरकारी तथ्यांकमा नआउने गरी व्यक्तिगत सम्पर्कका आधारमा अनौपचारिक माध्यमबाट भित्रिने रकम नै हुण्डी हो । हुण्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डीका एजेन्टले आफ्नो एजेन्टलाई खबर गरेर एजेन्टमार्फत कारोबार गर्ने गर्दछन् […]


‘ट्रेजरी’ बिल के हो ? किन जारी गरिन्छ ?

बैंकिङ खबर / ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार […]


के हो बेस रेट (आधार दर) ?

बैंकिङ खबर । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले […]