३६ हजार बढी उद्योग दर्ता, झन्डै पाँच सय थपिँदै

सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४/७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार […]


गत वर्षको मूल्यवृद्धि २०६१।६२ पछिकै न्यून

बैंकिङ खबर । आर्थिक वर्ष २०७४।७५ मा नेपालीले ४.२ प्रतिशत मात्रै मूल्यवृद्धि भोगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो आर्थिक वर्षमा सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षको औसत मुद्रास्फीति आर्थिक वर्ष २०६१।६२ पछिको सबैभन्दा न्यून हो । आपूर्ति व्यवस्थापनमा […]


४० देखि ८० करोडसम्म कर तिर्ने करदता हेर्न छुट्टै कार्यालयको स्थापना 

बैंकिङ खबर । वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने गरी अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । उक्त कार्यालयको क्षेत्राधिकार भित्र बैंक तथा वित्तीय संस्था, मेडिकल कलेज, ठेक्का व्यवसाय र ट्राभल तथा ट्रेकिङ क्षेत्रको हकमा भने २५ करोडदेखि ८० करोड रुपैयाँसम्म कर तिर्ने करदाता पनि पर्नेछन् । यो […]


हेटौंडा औद्योगिक क्षेत्रमा संचालनमा आए १३ उद्योग

हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौंडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि […]


अनलाइनमार्फत् औद्योगित विवरण पेश गर्न उद्योगहरुलाई आग्रह, नगरे जरिवाना

देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । उद्योग विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिक रुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग […]


कैलालीमा मात्रै करिव एक अर्ब बजेट फ्रिज

बैंकिङ खबर । विकास र पुर्वाधारको टट्कारो आवश्यक्ता परिरहेको बेला कैलालीमा विकास बजेटको ठुलो अंश फ्रिज गएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा मात्रै १ अर्ब बजेट फ्रिज गएको छ । कार्यालयका अनुसार कुल बजेट १८ अर्व ५९ करोड ६३ लाख भए पनि १७ अर्व १० करोड ७७ हजार मात्रै खर्च भएको […]


पूर्वाधार विकास निर्माणका आयोजनाहरुले पनि विदेशबाट अल्पकालिन कर्जा ल्याउन पाउने

बैंकिङ खबर । पूर्वाधार विकास निर्माणका आयोजनाहरुले पनि अब विदेशबाट अल्पकालिन कर्जा ल्याउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै पूर्वाधार विकास आयोजनाहरुले आयोजना निर्माणका क्रममा चालु खर्चलाई धान्न अल्पकालीन सुविधा आवश्यक परेमा विदेशबाट सापटी ल्याउन पाउने व्यवस्था गरेको जनाएको छ । राष्ट्र बैंकले यस्ता आयोजनका लागि आठ वटा शर्त राखेको […]


पूर्वाधार परियोजनाका लागि भित्रिने लगानी अब छुट्टै कोषमा

बैंकिङ खबर । पूर्वाधारका परियोजनाहरुमा भित्रिने विदेशी लगानीको व्यवस्थापनका लागि हेजिङ फण्डको व्यवस्था गरिने भएको छ । बुधबार जारी आर्थिक वर्ष २०७५।७६को  मौद्रिक नीतिमा यो कुरा उल्लेख गरिएको छ । ‘पूर्वाधारका परियोजनाहरुमा भित्रिने विदेशी लगानीलाई यस बैंकमा छुट्टै कोषमा जम्मा गरी हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।  यस कोषले […]


कर नतिर्ने ५२ व्यावसायिक फर्मको कारोबार रोक्का

आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फर्मको कारोवार रोक्का गर्ने भएको छ । पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फर्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीले बताए । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो । “कारोवार रोक्का गर्न लागेका फर्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा […]


सिमेन्ट उद्योगमा चिनियाँ लगानी थपियो

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् । सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० […]