आयातित वस्तुको प्रयोग डरलाग्लो अवस्थामा, नौ महिनाको व्यापार घाटा १० खर्ब

बैंकिङ खबर । आयात र निर्यात बीच सन्तुलन कायम गर्न नसक्दा नेपालको व्यापार घाटा चुलिँदै गएको छ । पछिल्लो ९ महिनाको तथ्यांक हेर्दा वस्तु आयात घट्नुको सट्टा तीव्र गतिमा वृद्धि भएको छ भने निर्यात स्थिर जस्तै छ । फलस्वरुप व्यापारघाटा नौ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार नौ महिनामा १० खर्ब


‘जेष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ अभियान शुरु (फोटो फिचर)

बैंकिङ खबर । आज २०७६ वैशाख १ गते मुलुकभर ‘जेष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ अभियान शुरु भएको छ । काठमाडौंमा पनि राष्ट्रिय सभा गृहबाट बैंकहरुले खाता खोल्ने अभियान शुरु गरेका छन् । (फोटो फिचर)


बजेट खर्च गर्न नसक्ने सरकारले बनायो पाँच वर्षमा १०० खर्ब खर्च गर्ने योजना

बैंकिङ खबर । राष्ट्रिय योजना आयोगले तयार पारेको १५औं पञ्चवर्षिय योजनाको मस्यौदा राष्ट्रिय विकास परिसद्को बैठकले संशोधन सहीत पारित गरिसकेको छ । परिषद्को बैंठमा छलफल भएका विषयहरुमा मस्यौदामा समावेश गरेर योजना आयोगले मस्यौदालाई अन्तिम रुप दिने छ । योजना आयोगले आगामी आर्थिक वर्षमा ९ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याएको १५औं योजनाको पूर्व


समृद्ध मुलुकको सपना बोकेको सरकार रेमिट्यान्स वृद्धि गर्न मै तल्लिन

बैंकिङ खबर । राष्ट्रिय योजना आयोगले दिर्घकालिन सोच वि.सं २१०० सहितको १५औँ पञ्चवर्षिय योजनाको मस्यौदा पारित गरेको छ । राष्ट्रिय विकास परिषद्को बैंठकले योजना आयोगले तयार पारेको मस्यौदालाई परिमार्जन गरि पारित गरेको छ । योजना आयोगले उक्त मस्यौदामा परिमार्जन आधारपत्र पुनः प्रकाशित गर्ने बताएको छ । सरकारले अघि सारेको समृद्ध नेपाल सुखि नेपालीको नारलाई पुरा


योजना आयोगले तयार बनायो १५ खर्ब ननाघ्ने गरि बजेट सिलिङ

बैंकिङ खबर । सरकारले आगामी आर्थिक बर्षको बजेट १५ खर्ब भित्रको ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को लागि राष्ट्रिय योजना आयोगको स्रोत समितिले १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ तयार गरेको हो । यो बजेटको सिलिङ अर्थ मन्त्रालयमा पुगिसकेको छ । योजना आयोग अन्तरगतको स्रोत समितिले चालु आर्थिक वर्षको बजेटको मध्यावधिक


तीन वटै तहमा बजेट रिपोर्टिङको नयाँ ढाँचा बनाउने तयारी

बैंकिङ खबर। सरकारले तीनै तहका सरकारको बजेटको रिपोर्टिङ गर्ने व्यवस्थामा एकरुपता ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा देशमा वित्तीय संघीयता लागु भएपछि तीनै तहले आ–आफ्नो बजेट बनाएका छन् । मुलुकभर ७ सय ६१ वटा बजेट बनेका छन् । ती बजेटको कार्यान्वयन कसरी भइराखेको छ भन्ने विवरण पाउन अहिले कठिन छ । सबै बजेटको


चार महिनामा नेपालको व्यापार घाटा ३७.८ प्रतिशतले बढ्यो

बैंकिङ खबर । आयात र निर्यातबीच सन्तुलन कायम हुन नसक्दा नेपालको वैदेशिक व्यापारमा ठुलो घाटा व्यहोर्नु परेको छ । नेपालले निर्यात र निर्यातजन्य बस्तुको उत्पादन बढाउन नसक्दा ठुलो मात्रामा व्यापार घाटा देखिएको हो । आयातमुखी अर्थव्यवस्थाका कारण नेपालको व्यापार घाटाको आकार फराकिलो हुँदै आएको छ । आर्थिक वर्ष २०७५।७६ को चार महिनामा कुल वस्तु व्यापार


पाँच महिनामा एक खर्ब १२ अर्ब वैदेशिक सहायता प्रतिवद्धता, खर्च झन्डै ३३ अर्ब मात्रै

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाललाई एक खर्ब १२ अर्ब १३ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ। साउनदेखि मंसिरसम्ममा ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण र १८ अर्ब ४४ करोड रुपैयाँ अनुदानको प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । विभिन्न द्विपक्षीय र बहुपक्षीय दातृ निकायबाट यो प्रतिवद्धता प्राप्त


पाँच महिनामा संघीय सरकारको पुँजीगत खर्च १२.४६ प्रतिशत मात्रै

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा संघीय सरकारले ३९ अर्ब ११ करोड सात लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा १२.४६ प्रतिशत मात्रै खर्च भएको हो । सरकारी खर्च प्रणालीमा सुधार नहुँदा पुँजीगत बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको


पाँच महिनामा ५२ जलविद्युत् आयोजनासँग पिपिए

बैंकिङ खबर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । प्राधिकरणले उक्त


अख्तियारले माग्यो राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण

बैंकिङ खबर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरबका आयोजनाहरुसँग प्रगति विवरण माग गरेको छ । आयोगले आयोजनामा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रगति विवरण मागेको छ । निर्धारित समयसम्म पनि आयोजनाको आर्थिक र भौतिक प्रगति कमजोर भएको गुनासो आएपछि आयोगले सबै आयोजनालाई पत्राचार गरी के कति कारणले ढिलाइ भएको हो भनेर प्रगति विवरण मागेको जानकारी


पुसभित्रै तल्लो मोदीखोलाको विद्युत् उत्पादन, ४२ लाख कित्ता आईपिओ जारी गर्ने 

पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो


लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन

पर्सा । चालू आर्थिक वर्ष २०७५।७६ को तीन महिनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा ४३ अर्ब १९ करोड १७ लाख  राजश्व सङ्कलन गर्न सफल भएको छ। सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत


एकैदिन तीन आयोजनाको पीपीए

नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ । प्राधिकरणलेसुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ । सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि


औद्योगिक विकासको मुख्य माध्यम ‘लघु, घरेलु तथा साना उद्योग’

बैंकिङ खबर । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले बताएका छन् । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ को अवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान एवम् अन्तरक्रियामा बोल्नेहरुले यस्तो बताएका हुन् । उद्योग विभागका महानिर्देशक विनोद प्रकाश