दमकमा विश्व बैंकले पाँच अर्ब लगानी गर्ने

दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्ष्भित्रमा योजनाको अध्ययन र छनोटसमेत […]


विकसित हुँदै गाउँहरु, बैंकको शाखा बढेसँगै लगानी पनि बढ्यो

धमाधम बैंकहरुको शाखा खुल्न थालेपछि ग्रामिण भेगहरु पनि विकसित हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई बेलाबेलामा निर्देशन दिने गरेको भएपनि बैंकहरुले ग्रामीण भेगमा गरेको लगानी सुरक्षित नहुने भन्दै सो निर्देशन मानिरहेका थिएनन् । तर, पछिल्लो समय भने ग्रामीण भेगमा लगानी लगानी विस्तार भइरहेको छ ।  लघुवित्त […]


लगानीसम्बन्धी प्रशासनिक झन्झट तत्काल हटाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा देखिएको प्रशासनिक झञ्झट तत्काल हटाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार बसेको लगानी बोर्डको २७ औँ बैठकमा प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून संशोधन गर्न सरकार तयार रहेको बताएका छन् ।  प्रधानमन्त्री देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गरेर रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धितर्फ […]


ठूला व्यवसायिक ग्रुपको निशानामा होटल व्यवसाय, छोटो समयमा नै लगानीको ओइरो

पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी […]


भारतीय लगानी भित्राउन विशेष लगानी सम्मेलन आयोजना गरिने

भारतीय लगानी भित्राउनको लागि नेपालमा विशेष लगानी सम्मेलन आयोजना गरिने भएको छ । नेपालको विदेशी लगानीमा सबैभन्दा बढी हिस्सा ओगट्ने भारतीय लगानी पछिल्लो समय घट्दो क्रममा रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन आयोजना गर्न लागेको जनाएको छ ।  महासंघमा नयाँ नेतृत्व आएको १०० दिन भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघले असोजसम्ममा लगानी सम्मेलन […]


विपन्न वर्गमा दुई प्रतिशत कर्जा अनिवार्य नहुने

वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने दुई प्रतिशतको कर्जा अनुपात अब अनिवार्य नहुने भएको छ । आर्थिक वर्ष २०७४।७५को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरंजीबि नेपालले वाणिज्य बैंकहरुले विपन्न वर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्यूनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यवस्था गरिएको जानकारी दिए । वाणिज्य बैंकले आफ्नो कुल कर्जा […]


विदेशी लगानीकर्तालाई उपराष्ट्रपतिको आह्वान : नेपालमा लगानी गरेर मुनाफा लैजानुहोस्

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान आह्वान गरे।  नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा […]


सेयर लगानीकर्तालाई जलविद्युत्मा अपरचुनिटी

सुष्मा थापा । सेयरमा लगानी गर्न चाहनेलाई जलविद्युत् क्षेत्रमा ठूलो अवसर आउँदैछ । थुप्रै जलविद्युत् कम्पनीहरु यतिबेला आईपिओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् । पछिल्लो समय जलविद्युत् कम्पनीहरु खोल्ने क्रम पनि बढ्दै गएकाले अझ बढी अवसरहरु प्राप्त हुने देखिन्छन् ।  धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा आठ कम्पनी बुटवल पावर कम्पनीले प्रतिकित्ता ५१८ […]


उद्योग क्षेत्रमा लगानी बढ्यो, ११ महिनामा ४३३ उद्योग थपिए

देशको अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२।७३ को तुलनामा आव २०७३।७४ मा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा लगानी गर्ने क्रम बढेको छ । गत आवमा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा रू. एक खर्ब २२ अर्ब ७० लाख लगानी भएकामा चालू आवको […]


निजामति कर्मचारीहरुको लगानीमा छ सय ८० मेगावाटको आयोजना बन्दै

छ सय ८० मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निजामति कर्मचारीहरुको लगानीमा बन्ने भएको छ । कर्मचारी सञ्चय कोषले कोषमा जम्मा गर्ने कर्मचारीहरुको कोष कट्टी गर्दै बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्न उर्जा मन्त्रालयले अनुमति दिएको हो ।  उर्जा मन्त्रालयको अनुमति पाएसँगै कर्मचारीहरुको लगानीमा सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल […]


सरकारी लगानीका ३२ संस्थान नाफामा

सरकारी लगानी रहेका अधिकांश सार्वजनिक संस्थान नाफामा रहेका छन् । निरन्तर घाटामा गएर आलोचना खेपिरहेका संस्थानको चालू आर्थिक वर्षको वित्तीय विवरणमा व्यापक सुधार देखिएको हो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराद्धारा संसद्मा पेश गरिएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७४ मा सरकार अन्तर्गत सञ्चालनमा रहेका ३९ वटा सार्वजनिक संस्थानमध्ये ३२ वटा संस्थान नाफामा रहेको उल्लेख […]


सञ्चयकोषको लगानीमा ६८० मेगावाटको जलविद्युत् आयोजना बन्ने, सर्वसाधारणलाई १५ प्रतिशत सेयर

सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेका हुन् । सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु […]


‘एडिबी’ ले कसरी गर्दैछ नेपालमा लगानी ? (५० वर्षको रिपोर्ट सहित)

दीपक वस्नेत- प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) ५० औं वर्षमा प्रवेश गरेको स्वर्ण महोत्सव मनाइरहेको छ । बैंकको ५० औं वार्षिकोत्सवको अवसरमा विहीबारदेखि चार दिनसम्म जापानको योकोहामा नगरमा ६७ वटा सदस्य मुलुकका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर, सामुदायमा आधारित सङ्गठनका […]


निर्माण क्षेत्रमा व्यवसायीहरुको झन्डै २५ खर्ब लगानी, ११ लाखलाई प्रत्यक्ष रोजगारी

निर्माण क्षेत्रमा देशभर करीब २५ खर्ब रुपैयाँको लगानी व्यवसायीहरुले गरेको पाइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर गरेको प्रारम्भिक अनुसन्धानका क्रममा हेभी इक्युपमेण्ट, डोजरलगायत निर्माण सामग्रीका क्षेत्रमा उनीहरुको लगानी देखिएको हो ।  मुलुकको पूर्वाधार विकास निर्माणका लागि निर्माण व्यवसाय तथा प्रशासनिक क्षेत्रमा समेत समन्वयको खाँचो देखिएको छ । देखापरेका केही असमझदारी न्यूनीकरण गर्न सरकारको […]


नेपालमा लगानी गरेर फाइदा लिन चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

बेइजिङ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङ्मा सोमबार आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पाारे । […]



नयाँ अपडेट