३९ प्रतिशत परिवार बैंक तथा वित्तीय पहुँच बाहिर

बैंकिङ खबर/नेपालमा अझै पनि ३९ प्रतिशत परिवार बैंक तथा वित्तीय सेवाको पहुँच बाहिर रहेका छन् । कुल जनसङ्ख्या २,९१ ,६४,५७८ रहेको छ । यसमध्ये २५.६ प्रतिशत जनसङ्ख्याको कुनै न कुनै बैंक वा वित्तीय संस्थामा खाता रहेको देखिन्छ । त्यस्तै कुल पुरुषको सङ्ख्या मध्ये २६.४ प्रतिशत र कुल महिलाको सङ्ख्यामध्ये २४.७ प्रतिशतको बैंक वा वित्तीय संस्थामा […]


अब भारतमा रहेका नेपालीले क्युआर स्क्यानबाटै घरमा पैसा पठाउन सक्ने

बैंकिङ खबर/ भारतमा रहेका नेपालीले क्युआर कोडमार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। भारतीय बैंक तथा वित्तीय संस्थामा खाता रहेका नेपालीले नेपाली बैंकमा क्युआरबाटै पैसा पठाउन पाउने भएका हुन्। राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार नेपाल नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंकिङ भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी […]


घुस नदिइ ऋण पाइदैँन भन्ने आरोप थप सुन्नु नपरोस् : गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय क्षेत्रबाट भइरहेको लगानी उत्पादनशील क्षेत्रमा र मुलुकको अर्थतन्त्रलाई योगदान गर्ने क्षेत्रमा जानुपर्ने गरी वित्तीय र मौद्रिक नीति अबलम्बन गरिएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै उनले भने,‘बैङ्किङ क्षेत्रले ठूलो स्रोत परिचालन गरिरहेको छ […]


नेपालीले तेस्रो मुलुकमा क्यूआर भुक्तानी गर्न सक्ने(पूर्णपाठ)

बैंकिङ खबर/ नेपालीले क्यूआरमार्फत भारतबाहेकका तेस्रो मुलुकमा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकमा खाता हुने नेपालीले विदेशमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । ‘परिवर्त्य विदेशी मुद्राको सटही सुविधा नेपाली […]


फागुनमा घरजग्गा कारोबार स्थिर

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०-८१ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर रहेको छ। माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर रहेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। त्यस्तै, फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको छ। […]


क्यूआरबाट हुने कारोबारमा उछाल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार डिजिटल कारोबारको माध्यममध्ये एक क्यूआरबाट हुने कारोबारमा उछाल आएको छ। पछिल्लो एक वर्षको अवधिमा क्यूआरबाट हुने भुक्तानी पनि ११२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघसम्म क्यूआरबाट १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएकोमा यो वर्ष माघसम्म बढेर ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ। त्यस्तै […]


वाणिज्य बैंकहरुको नाफा साढे ३५ अर्ब

बैंकिङ खबर/चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। यो ७ महिनामा २० वटा वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन्। सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा […]


१७ वाणिज्य बैंकहरुले घटाए ब्याजदर, एनआईसी एशियाले बढायो, दुईको स्थिर

बैंकिङ खबर/सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचना अनुसार १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ। दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० […]


घट्यो निक्षेप, कर्जा स्थिर, यस्तो छ सिडी रेसियो

बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६१ खर्ब ७३ अर्ब रहेको निक्षेप बुधबारसम्म ६१ खर्ब ७१ अर्ब पुगेको हो । त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रहेकोमा बुधबार भने कुनै घटबढ भएन । बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५८ […]


राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्दछः गभर्नर

  बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । धुलिखेलमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा […]