जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन ७७ अर्ब अमेरिकी डलर चाहिन्छ: राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने जनाएको छ । आज ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै जलवायु परिवर्तनको लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने जनाएको हो । राष्ट्र बैंकका अनुसार विश्वव्यापीरुपमा बढिरहेको जलवायु परिवर्तन रोक्न र यसबाट जोगिन स्रोतको व्यापक खाँचो रहेको […]


५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बताएको छ । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बैंकले जनाएको हो । परिस्थितिवश समस्यामा परेका ११ वटा व्यावसायिक तथा ‍औद्यौगिक क्षेत्र समेत केन्द्रीय बैंकले छुट्याएको छ । […]


कर्जा निक्षेप अनुपात ८० प्रतिशत मुनि

बैंकिङ खबर/ कर्जाको माग सुस्त हुँदा कर्जा निक्षेप (सीडी) अनुपात ८० प्रतिशत मुनि झरेको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ९० प्रतिशत हुनु पर्छ । नेपाल राष्ट्र बैंककाअनुसार पुस २० गते ७९.९५ प्रतिशत रहेको सीडी रेसियो पुस २१ गते ७९.९६ प्रतिशत थियो । बैंकहरुको प्राथमिकता नयाँ कर्जा लगानी गर्नेभन्दा पनि पुरानो खराब कर्जा […]


निक्षेप संकलनमा हालसम्मकै उच्च ब्याजदर माग

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा निक्षेप राख्दा हालसम्मकै उच्च ब्याजदर माग गरेका छन् । तरलतामा कमी आएसँगै बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा निक्षेप राख्नका लागि धेरै ब्याज माग गरेका हुन् । केन्द्रीय बैंकले अल्पकालिक ब्याजदरलाई स्थायित्व दिनका लागि बैंकिङ प्रणालीको तरलतालाई निक्षेप संकलन उपकरण मार्फत खिचिराखेको छ […]


समस्यामा परेका ऋणीहरुले चैत मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक संकटले समस्यामा परेका ऋणीको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा व्यवस्था भए बमोजिम समस्यामा परेका ऋणीको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न निर्देशन दिएको हो । बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र […]


बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्ने भएको छ । मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । १४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । अधिक तरलता भएपछि पछिल्लो समय राष्ट्र बैंकले लगातार […]


एक खर्ब ४१ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाह कति ?

बैंकिङ खबर/ विगत डेढ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप एक खर्ब ४१ अर्ब रूपैयाँ बढेको छ भने कर्जा लगानी भने ५६ अर्ब रूपैयाँ मात्र बढेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार गत मंसिर ५ गते बैंकहरूमा ५९ खर्ब ३५ अर्ब रूपैयाँ निक्षेप थियो। पुस १९ गते बैंकहरूमा निक्षेप ६० खर्ब ७६ अर्ब रूपैयाँ पुगेको छ। […]


कर्णाली प्रदेशमा ११.८९% ले बढ्यो निक्षेप, कर्जा प्रवाहमा पनि वृद्धि

बैंकिङ खबर/ कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप ११.८९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार समिक्षा वर्षमा निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८९ प्रतिशतले वृद्धि भई रु.६७ अर्ब ४९ करोड ९१ लाख […]


बैंकिङ कसूर र वित्तीय अपराधनका घटना हेर्ने छुट्टै ब्यूरो स्थापना हुँदै

बैंकिङ खबर/ नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य […]


गण्डकी प्रदेशमा सञ्चालित सहकारी संस्थाहरुको पुँजी १.५ प्रतिशतले बढ्यो: राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशमा सञ्चालित सहकारी संघ संस्थाहरुको पुँजी १.५ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष ४ अर्ब ५२ करोड ४० लाख ६६ हजार रुपैयाँ बराबर रहेको प्रदेशका सहकारीहरुको कूल पुँजी २०७९/८० मा बढेर ४ अर्ब ५९ करोड २४ लाख पुगेको बैंकले जनाएको हो । यसैगरी, यसवर्ष समग्र प्रदेशका सहकारीहरुबाट संकलित […]