राष्ट्र बैंकका चार कार्यकरी निर्देशकको अवकाश, रिक्त पदमा को आयो ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा हालै चार जना कार्यकारी निर्देशकले अवकाश पाएका छन् । महेश्वरलाल श्रेष्ठ, लक्ष्मी प्रपन्न निरौला, सुनिल उदास र सरिता भट्ट अधिकारीले अवकाश पाएका हुन् । जसअनुसार, राष्ट्र बैंकमा चार वटा कार्यकारी निर्देशकको पद खाली भएको छ । कार्यकारी निर्देशकमा वरियताका आधारमा बढुवा गरिन्छ । जसअनुसार, उदास र अधिकारीको ठाउँमा रेवति


राष्ट्र बैंकमा डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली

सरकारले नेपाल राष्ट्र बैंकका निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाई दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि श्रेष्ठ निर्दोष रहेको पाइएकोले सफाइ दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भनाई छ । यस सँगै श्रेष्ठको निलम्बन पनि फुकुवा


पुनर्कर्जा कार्यविधि जारी, केके छन् व्यवस्था ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पहिलो पटक पुनर्कर्जा सम्बन्धि कार्यविधि जारी गरेको छ। हालसम्म सामान्य सहमतिमा चलिरहेको प्रक्रियामा केही नयाँ विषय थप्दै कार्यविधि जारी गरिएको छ । कार्यविधि अनुसार पुनर्कर्जा समय समयमा सरकार र राष्ट्र बैंकले तोके बमोजिम विभिन्न शीर्षकमा वर्गीकरण हुने छ भने ब्याजदर पनि राष्ट्र बैंकले नै तोक्ने छ। कार्यविधिमा पुनर्कर्जा कसरी


नेपाल राष्ट्र बैंकमा २७ उपनिर्देशकहरुको बढुवा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २७ जना उपनिर्देशकको बढुवा गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेतको विनियन ५३ अनुसार बढुवा गरिएको हो । योग्यता पुगेकाहरुमध्येबाट बढी अंक प्राप्त गर्ने कर्मचारीका आधारमा बढुवा गरिएको जनाइएको छ । बढुवा हुनेहरुको


राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । प्रवक्ता लक्ष्मी प्रपन्न निरौला राष्ट्र बैंकबाट अवकाश भएपछि नयाँ प्रवक्तामा डा. भट्टलाई नियुक्त गरिएको हो । उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् ।


वेभसाइटमा नेपाल भ्रमण वर्षको लोगो राख्न बैंकहरुलाई निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विशेष सूचनामार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका


नेपाल राष्ट्र बैंक ऐनमा केके हुँदैछ संशोधन ? केके आउँदैछन् नयाँ व्यवस्था ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमाथि संसदीय समितिमा छिटै छलफल सुरु हुने भएको छ । अर्थमन्त्रालयले गत भदौ २५ गते नै प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको यो विधेयक सांसदहरुलाई वितरण भइसकेको छ । विधेयकमा १८ बुँदामा संशोधन प्रस्ताव गरिएको छ । जसमध्ये, केही मूख्य प्रस्तावहरु यसप्रकार छन्ः सरकारले गभर्नरलाई


राष्ट्र बैंकको एकीकृत निर्देशनमा संशोधन : उत्पादनमूलक क्षेत्रमा लगानी नगर्नेलाई कारबाही

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले तोकिएको समयमा नै उत्पादनमूलक क्षेत्रमा तोकिएको कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले तोकिएको क्षेत्रमा लगानी भए नभएको अनुगमन गर्ने र नगर्नेलाई हर्जाना तिराउने जनाएको छ । हर्जना स्वरुप राष्ट्र बैंकले बैंक तथा


राष्ट्र बैंकद्धारा आर्थिक रिपोर्ट सार्बजनिक : कुन सूचक कस्ता ? (रिपोर्टसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक एवम् वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.७६ प्रतिशत छ । चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ । आयात ६.९ प्रतिशतले घटेको छ भने निर्यात २३.९ प्रतिशतले बढेको छ


२० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक, केके छन् सुविधा ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८१ जारी गर्ने भएको छ । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुलाई आवेदन दिन आह्वान गरिएको छ । कसले पाउँछ किन्न ? मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको


३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गर्न लागेको हो । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा यही मंसिर १६ गते सोमवार दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन मंसिर १७ गते मंगलवार गरिने छ । ११ दिने अवधिको


नेपाल राष्ट्र बैंकलाई थप शशक्त र स्वयत्त बनाउनुपर्ने खाँचो

बैंकिङ खबर । वि.सं. २०१३ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैङ्कलाई स्वायत्त संस्था भनिन्छ । यसले ६३ वर्षको उमेर पार गरिसकेको छ । देशको केन्द्रीय बैङ्क (बैङ्कहरूको बैङ्क) भएकाले यो नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो । यसले लिएको नीतिले देशको अर्थतन्त्रलाई बनाउने र बिगार्ने दुवै काम गर्छ । नेपालमा मात्रै हैन, विश्वव्यापी


नेपाल राष्ट्र बैंकको परीक्षामा सोधिने सम्भावित प्रश्नहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । २८ जना सहायक निर्देशक (अधिकृत तृतीय), ८ जना लेखा वा लेखापरीक्षणका लागि सहायक निर्देशक (अधिकृत तृतीय) र ३१ जना सहायक (सहायक द्धितीय) मागिएको छ । बैंकिङ करिअर बनाउने सोच भएकाहरुका लागि यो एकदमै राम्रो अपरचुनिटी हो । तर, यसका लागि मिहिनेत गर्नुपर्छ ।


चार अर्ब ८० करोड बराबरको नोट छपाउँदै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छपाउन लागेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ । हरेक नोट तीन वर्षका लागि छपाउने गरिन्छ । २० रुपैयाँ दरका नोट यसअघि सन् २०१६ मा २१ करोड थान छपाइएको थियो ।


राष्ट्र बैंकमा रोजगारीको अवसर : प्लस टु उतीर्णले पनि एप्लाई गर्न पाउने

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । २८ जना सहायक निर्देशक (अधिकृत तृतीय), ८ जना लेखा वा लेखापरीक्षणका लागि सहायक निर्देशक (अधिकृत तृतीय) र ३१ जना सहायक (सहायक द्धितीय) मागिएको छ । केके चाहिन्छ योग्यता ? सहायक निर्देशकका लागि मेनेजमेन्टमा स्नातकोत्तर गरेको हुनुपर्छ ।