बैंकिङ मुभमेन्ट

निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल

मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार …

Read More »

आहलुवालियाको कार्यकाल सकियो : एभरेष्ट बैंकको नयाँ सिईओमा सोमेश्वर सेठ

एभरेष्ट बैंकको सिईओमा सोमेश्वर सेठ नियुक्त भएका छन् । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई नयाँ सिईओमा नियुक्त गरेको हो ।  एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । बैंकले प्रमुख …

Read More »

नेपाल क्लियरिङ हाउसको बोर्ड अध्यक्षमा पुनः भण्डारी 

नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा फेरि राजन सिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीको बोर्ड बैठकले उनलाई सर्वसम्मत रुपमा बोर्डको अध्यक्ष पदमा पुर्ननियुक्त गरेको हो । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख समेत रहेका भण्डारीको बोर्डको अध्यक्षको रुपमा यो दोस्रो …

Read More »

एनएमबी बैंकका सीईओको कार्यकाल ३ महिना थपियो

एनएमबी बैंकले हालका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको कार्यकाल ३ महिना थप गरेको छ । सञ्चालक समितिको बैठकले पौड्यालको कार्यकाल फागुन ३० गतेसम्मका लागि थप गरेको हो । सोही बैठकले चैत १ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृतमा हालका डेपुटी सीईओ …

Read More »

एभरेष्ट बैंकको सीईओमा सोमेश्वर सेठ

एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई सीईओमा नियुक्त गरेको छ । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले कात्तिक १६ गतेबाट लागू हुने गरी सेठलाई सीईओमा नियुक्त गरेको छ हो । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)र …

Read More »

राष्ट्र बैंकको प्रवक्ताबाट हटाइए पंगेनी, नयाँ प्रवक्तामा पौडेल  

नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका त्रिलोचन पंगेनिलाई सो जिम्मेवारीबाट मुक्त गरेको छ । पंगेनीको ठाउँमा राष्ट्र बैंकले सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण पौडेललाई प्रवक्ता बनाएको छ । प्रवक्ता तोकिएका पौडेल झण्डै तीन दशकयता राष्ट्र बैंकमा कार्यरत कर्मचारी हुन् । …

Read More »

माछापूछ्रे बैंकको सीईओमा निरज कुमार श्रेष्ठ

माछापूछ्रे बैंकको सीईओमा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनले गत शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालेका हुन् । श्रेष्ठलाई असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । …

Read More »

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा ‘अशोककुमार अग्रवाल’

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १५९औं बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।  यसअघि कम्पनीको अध्यक्षमा वीरेन्द्रकुमार संघाई थिए ।   

Read More »

ग्रामीण विकास बैंकको सीईओमा ‘पर्वतकुमार कार्की’

ग्रामीण विकास बैंकले नेपाल राष्ट्र बैंकका क्याडर पर्वतकुमार कार्कीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पाँच वटा ग्रामिण विकास बैंक मर्ज भएर बनेको बैंकले पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । बैंकले उनलाई आगामी चार …

Read More »

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः प्रवीणरमन पराजुली

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः प्रवीणरमण पराजुली निर्वाचित भएका छन् । संघको सातौं वार्षिक साधारण सभाले पराजुलीको अध्यक्षतामा आगामी दुई वर्षको कार्यकालका लागि साधारण सभाभन्दा अघि कायम कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई सोही जिम्मेवारी अनुरुप नै पुनः एक कार्यकालका लागि सर्वसम्मत …

Read More »

एनसिसि बैंकको सीईओमा रमेशराज अर्याल

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सीइओमा रमेशराज अर्याल नियुक्त भएका छन् । २०७२ पुस १४ गतेदेखि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत अर्याललाई बैंकको व्यवस्थापन समितिले असोज १ गतेदेखि लागू हुने गरी अर्याललाई सिइओमा नियुक्त गरेको हो । …

Read More »

कसमस डेभलपमेन्ट बैंकका सीईओको कार्यकाल थपियो

कसमस डेभलपमेन्ट बैंकका सीईओ हृदय राज घिमिरेको कार्यकाल थप गरिएको छ । बैंकको सञ्चालिक समितिको बैठकले उनको कार्यकाल चार वर्षका लागि थप गरेको हो । उक्तm निर्णय आइतबारदेखि लागू भएको छ ।  गत आर्थिक वर्षमा डेढ करोड रुपैयाँभन्दा बढी नाफा …

Read More »

राष्ट्र बैंकका मीनबहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनवहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक श्रेष्ठलाई बिहिबारको मन्त्री परिषद् वैठकले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक, त्यसपछि राष्ट्र बैंकको …

Read More »

ज्योति विकास बैंकको अध्यक्षमा कोइराला

हालै झिमरुक विकास बैंकलाई आफुसंग गाभेको ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त भएका छन् । बैंकको बोर्ड बैठकले कोइरालालाई बैंकका अध्यक्षका रुपमा चयन गरेको हो । सो बैठकले बैंकको निर्देशकहरु पनि नियुक्त गरेको छ । नियुक्त हुने निर्देशकहरुमा हरि …

Read More »

भारतीय केन्द्रीय बैंकको नयाँ गभर्नरमा उर्जित पटेल 

भारतीय केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया (आरबीआई)’को नयाँ गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले पटेललाई नयाँ गभर्नरका रुपमा नियुक्त गरेको हो । ‘रकस्टार गभर्नर’ रघुराम राजनलाई विस्थापित गर्दै आगामी सेप्टेम्बर ४ पछि पटेलले २४ …

Read More »