ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट ९डीमल खण्ड० अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद […]


३ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन् । २९ वैशाख २०७१ मा उच्च अदालत पाटनले उनीविरुद्ध ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार थिइन् । उनलाई काभ्रेको बनेपाबाट […]


ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गमा परिचालन गर्ने

बैंकिङ खबर/ विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ । यस लगानीको उद्देश्य साना […]


बैंकिङ कसूर मुद्दामा कैद सजाय तोकिएर फरार रहेका व्यक्ति पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दामा कैद सजाय तोकिएर फरार रहेका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने ४० वर्षीय रेवतबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । बैंकिङ कसूर मुद्दामा २४ दिन कैद सजाय, ७५ लाख जरिवाना र ७५ […]


माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण वितरण

बैंकिङ खबर/माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। बैंकले बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभूत विद्यालय सिवाई बेल्हा र श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटर वितरण गरेको हो। […]


बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

बैंकिङ खबर/ एनएमबि बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजनालाई कास्की प्रहरीको एक टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका– १७ बिरौटा बस्ने वर्ष २७ का राजकुमार भन्ने टीकाराम पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका पौडेलले आइतबार राति […]


निफ्राले पनि घटायो ब्याजदर

बैंकिङ खबर/नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पनि निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । कम्पनीले मंगलबार (३० जनवरी) देखि लागू हुनेगरी नयाँ ब्याजदर कायम गरिएको सार्वजनिक सूचनामार्फत जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै निफ्राले पनि घटाएको हो । अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत ब्याज […]


रिलायन्स फाइनान्सका ग्राहकलाई लाईफकेयर डाईग्नोस्टिक्स पोखरामा विशेष छुट

बैंकिङ खबर/ रिलायन्स फाइनान्स लि र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखरा प्रा.लि. बिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने गरी पोखरा स्थित लाई लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखरा प्रा.लि सँग सम्झौता गरेको छ । यो सम्झौतापछि रिलायन्स फाइनान्स लिमिटेडका शेयर […]


आईएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

बैंकिङ खबर/नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आईएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रवर्तन, नेतृत्वदायी जनशक्ति ब्यवस्थापन, […]


डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा

बैंकिङ खबर/ नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहनेप्रतिज्ञा गरेका छन् । बैंकका कर्मचारीहरुले डाटा गोपनीयता दिवसको अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका […]