महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उनलाई माघ २४ गतेबाट लागु हुनेगरी चार वर्षका लागि सिइओ पदमा नियुक्त गरेको […]


फुङ्लिङ् नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहने गरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उपमेयर भिमा देवि ओझाले एक समारोहकाबीच उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख, सुर्य प्रकाश भट्टले गरेका थिए । उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको […]


एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुट प्रदान गर्ने सम्झौता

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्। बैंकका वरिष्ठ प्रबन्धकसतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण […]


एनएमबि बैंक कुडियासुस्ताद्वारा ५ विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग

बैंकिङ खबर/नवलपरासीको कुडिया सुस्ता गाउँपालिकामा रहेको एनएमबि बैंकको शाखा कार्यालयले त्यहाँस्थित ५ विद्यालयलाई वाटर डिस्पेन्सर प्रदान गरेको छ । सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख उपस्थितिमा एक कार्यक्रम गरि वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले एनएमबि बैंकले पहिलो देखि नै सुस्ता गाउँपालिकामा यहाँका जनतालाई उत्कृष्ट बैकिङ्ग सेवासगै […]


रिलायन्स फाइनान्सका ग्राहकलाई लेखनाथ सिटि हस्पिटलमा विशेष छुट

बैंकिङ खबर/ रिलायन्स फाइनान्स लि र लेखनाथ सिटी हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा साबिक लेखनाथको पहिलो तथा हाल पोखरा २६, बुढिबजार स्थित लेखनाथ सिटी हस्पिटल प्रा.लि सँग […]


कामना सेवा विकास बैंकको शैक्षिक तथा खेलुकद सामग्री सहयोग

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले सिआरएसअन्तर्गत तनहुँको शाखा कार्यालय डुम्रेमार्फत सालबिस्नेस्थित सत्यवतीदेवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोगस्वरुप उपलब्ध गराएको छ। बैंकको डुम्रे शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वरबहादुर देवकोटालाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्। आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिइने बैंकले जनाएको […]


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका– ८ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३२ वर्षीय ईश्वर बिकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०८० जेठ १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ लाख ७५ हजार रूपैयाँ विगो वापतको रकम र ३ दिन कैद जरिवाना ठहर भई फरार रहेका उनलाई […]


प्रोग्रेशिभ फाइनान्स लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/प्रोग्रेशिभ फाइनान्स लिमिटेडले  सोमबार छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा […]


मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक बनिन् पूर्व मिस नेपाल सुगारिका केसी

बैंकिङ खबर/ मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम […]


‘विदेशी साथी’लाई व्यक्तिगत बैंक लगायत महत्त्वपूर्ण विवरण नदिन साइबर ब्यूरोको आग्रह

बैंकिङ खबर/ सामाजिक संजालमा जोडिएका अपरिचित ‘विदेशी साथी’लाई आफ्ना महत्त्वपूर्ण विवरण र कागजात नदिन प्रहरीले आग्रह गरेको छ । फेसवुक, ह्वाट्स एप, इन्स्टाग्राम र भाईबरमा अपरिचित व्यक्तिले ‘विदेशी नागरिक’को फोटो राखेर भर्चुअल प्रेम गर्ने गरेको भन्दै प्रहरीको साइबर ब्यूरोले त्यस्ता प्रयोगकर्ताप्रति सचेत रहन आग्रह गरेको छ । नक्कली आइडी खोलेर कुराकानी गर्ने र प्रेमजालमा पारेर […]