जीवन बीमा कम्पनीहरुको खुद नाफा डेढ अर्ब, हेर्नुहोस् कुनको कति ?

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको खुद नाफा डेढ अर्बले बढेको छ । यो कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको हो । चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १ अर्ब ६३ करोड […]


एक हुँदै युनाइटेट र अजोडः प्राधिकरणले दियो अन्तिम स्वीकृति

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । दुबै कम्पनीले गत वैशाख २५ गते एकै दिन छुट्टाछुट्टै बसेको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुने वित्तीकै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले अन्तिम स्वीकृति […]


बीमालेख धितो राखेर दिने कर्जा ३२.३६ प्रतिशतले वृद्धि

बैंकिङ खबर/जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई ८० अर्ब कर्जा दिएको छ । पछिल्लो सयम यसरी बीमालेख धितो राखेर दिने कर्जा ३२.३६ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८० अर्ब ३७ करोड ६९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १९ […]


नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३२९.५२% को वृद्धि

बैंकिङ खबर/ नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को तेस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ । यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ४८ करोड रुपैयाँ रहेकोछ जुन […]


हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार शुरु, चुक्ता पुँजी ८ अर्ब २ करोड

बैंकिङ खबर/साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले २०८० वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स […]


४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएका छन् । बीमा प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको जनाएको छ । गत आव २०७८/७९ को सोही अवधिमा ३७.३५ प्रतिशत नागरिक बीमाको दायरामा रहेकोमा एक वर्षमा ७ प्रतिशत विन्दु भन्दा बढीले […]


गुराँस, युनियन र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ बाट

बैंकिङ खबर/गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही वैशाख २६ गतेबाट हुने भएको छ । तीन कम्पनी आपसमा गाभिएपछि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको छ। यी कम्पनी १ः१ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत वैशाख १९ गते, नेपाल बीमा प्राधिकरणले वैशाख १३ […]


नेपाल लाइफ २३ औँ वर्षमा

बैंकिङ खबर/नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरुले गर्नु भएको विश्वास, […]


९ महिनामा जीवन बीमा कम्पनीहरुद्वारा १ खर्ब बढीको व्यवसाय

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ९ महिना (चैतसम्म)मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रूपैयाँ बराबरको व्यवसाय गरेका छन। जुन गत वर्षको सोही अवधिको तुलनामा २.२५ प्रतिशतले धेरै हो। गत वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ व्यवसाय गरेका थिए । नेपाल […]


जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत

बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०७९/०८० मा कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। साथै, आर्थिक वर्षमा ७.२९ प्रतिशतले मूल्यअभिवृद्धिमा वृद्धि हुने अनुमान गरेको छ ।