स्वदेशी बियरबाट ६ महिनामा १३ अर्ब ६४ करोड अन्तःशुल्क संकलन

बैंकिङ खबर/ सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा नेपालमा उत्पादित बियरबाट साढे १३ अर्ब रुपैयाँभन्दा बढी अन्तःशुल्क संकलन गरेको छ। पुस मसान्तसम्ममा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड रुपैयाँ अन्तःशुल्क असुल गरेको सरकारले बियरबाट १३ अर्ब ६४ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको हो। यो परिमाण गत आवको सोही अवधिको तुलनामा ४८.८५ प्रतिशत […]


३५ प्रतिशत नेपालीकाे पहुँचमा पुग्यो जीवन बीमा

बैंकिङ खबर/ पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशतले बढेको देखिएको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ। गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो। सावधिक बीमा, म्यादी बीमा र वैदेशिक […]


‘बैंकिङ क्षेत्रमा निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी’ : अध्ययन

बैंकिङ खबर/  नेपाली बैंकिङ क्षेत्रको कर्जा प्रवाहको वृद्धिदर निक्षेप वृद्धिदरको तुलनामा बढी देखिएको छ। निक्षेप वृद्धिदरको तुलनामा कर्जा प्रवाहको वार्षिक वृद्धिदर हरेक वर्ष बढी भएको देखिएको हाे। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गरेको एक अध्ययनअनुसार २०७० यता आव २०७६/७७ मा बाहेक हरेक वर्ष कर्जाको वृद्धिदर निक्षेप संकलनको तुलनामा बढी देखिएको छ। आव २०६९/७० […]


नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा दक्षिण एशियामै सबैभन्दा कम

बैंकिङ खबर/ नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ। विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो। सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अंश १ दशमलव […]


नक्कली नोटको बिगबिगी, दुई करोड बराबरका फर्जी रुपैयाँ बजारमा

 बैंकिङ खबर/ नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको […]


गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग गठनसँगै नियामकीय दायरा बढाउँदै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो नियामकीय दायरा विस्तार गरेको छ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाहेकका संस्थाहरूमा ठूलो वित्तीय कारोबार हुन थालेपछि ती संस्थालाई समेत अप्रत्यक्षरूपमा नियमन गर्ने गरि राष्ट्र बैंकले गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग गठन गरेको हो । बैंक तथा वित्तीय संस्थाका अतिरिक्त वित्तीय कारोबार गर्ने गैरबैंक तथा वित्तीय संस्थाहरूको […]


सहकारीमा मौलाउँदै बेथिति, आर्थिक अपचलनका घटना बढ्दै

बैंकिङ खबर/ मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखेपछि यो क्षेत्र फस्टायो। सहकारीको संख्या २९ हजार ८ सय पुग्यो। सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेनन्। फलस्वरूप अहिले बेथिति बढेको छ। नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन्। सदस्य निक्षेपकर्ताको रकम फिर्ता नगर्ने, निक्षेप हिनामिना गर्ने […]


बैंकका कर्मचारीकाे तलब १८.०९ प्रतिशतले वृद्धि, ६ महिनामै बुझे २८ अर्ब तलब भत्ता

बैंकिङ खबर/ २७ वटा वाणिज्य बैंकको कर्मचारीलाई दिइने तलव भत्ता वापतको रकम १८ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ। वाणिज्य बैंकहरुले जारी गरेको चालू आव २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरुले कर्मचारी तलवभत्तामा २८ अर्ब २२ करोड रुपैयाँ खर्च गरेका छन्। गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्म यस्तो खर्च २३ अर्ब ९० कारोड […]


बैंकहरूको पूँजी लगानीकाे तुलनामा प्रतिफल घट्दै

बैंकिङ खबर/ बैंकहरूको पूँजी लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ। बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो। नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ। गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो। अघिल्लो […]


विकास बैंकहरूद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १६ वटा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तीय विवरण अनुसार १६ वटा सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ६० करोड २४ लाख नाफा कमाएको हो। यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा […]