बैंकहरुले लिए ६६ अर्बको स्थायी निक्षेप सुविधा

बैंकिङ खबर/ बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नपाउँदा पनि अधिक तरलताको समस्या कायमै देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै ६६ अर्ब रुपैयाँ केन्द्रीय बैंकलाई दिएकाे छ। सरकारले करिब दुई साता अघि वाणिज्य बैंकहरुलाई स्थानीय तहको पैसालाई ६० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने व्यवस्था हटायो। उक्त व्यवस्था हटेसँगै बैंकहरुबाट करिब ९६ […]


सम्पत्ति शुद्धीकरण : रिडी पावरका अध्यक्षलाई एक वर्ष कैद

बैंकिङ खबर/‘इन्साइडर ट्रेडिङ’जस्तो गैरकानुनी गतिविधिबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहरसहित विशेषले गुरुप्रसाद न्यौपानेलाई सजाय सुनाएको छ। आइतबार विशेष अदालतले न्यौपानेलाई एक वर्ष कैद सजाय हुने फैसला गरेको हो। विशेषले सम्पत्ति शुद्धीकरण अभियोगमा रिडी हाइड्रोपावर डेभलपमेन्ट प्रालिका अध्यक्ष रहेका न्यौपानेलाई ६ चैतमै दोषी ठहर गरेको थियो। तर, आइतबार बल्ल सजाय निर्धारण गरिएको हो। विशेषका अध्यक्ष […]


राष्ट्र बैंकद्वारा बैंकसुपरिवेक्षण प्रतिवेदन सार्वजनिक(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को बैंकसुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आज सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । निरीक्षणमा निम्न विषय भेटिएको राष्ट्र बैंकले जनाएको छ । बैंकको संचालक समितिको बैठकको एजेण्डा धेरैजसो ऋण मूल्याङ्कन / अनुमोदन / रिकभरी कार्यहरु र खरिदसँग सम्बन्धित हुने पाइएको छ । […]


२०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

बैंकिङ खबर/ २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार २०८० सालमा २ खर्ब ७९ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको हो । कार्यालयका अनुसार २०७९ को चैत मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनि ऋण २१ खर्ब, ६ अर्ब ६ करोड रहेको थियो । २०८० को चैत मसान्तसम्म यस्तो […]


जनउत्थान लघुवित्तका अध्यक्षमा डा.वीकेले लिए शपथ

बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष डा. मान बहादुर वीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.वीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदी समक्ष शपथ ग्रहण गरेका हुन् । संस्थाको चैत ३० गते सम्पन्न १३औँ वार्षिक साधारण सभाले संस्थापक समुहबाट डा.मान बहादुर वीके, […]


विशेष क्यासब्याकसहित ग्लोबल आइएमईले ल्यायो ‘पैसा आउने, थपेर पाउने’ योजना

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ। योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० […]


मुगुमा बैंकमा तोडफोड

बैंकिङ खबर/मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ […]


गरिमा विकास बैंकका निवर्तमान सीईओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त

बैंकिङ खबर/ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त समारोहमा विकास […]


मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सफलता पूर्वक सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश […]


महालक्ष्मी बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ। यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन्। शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट […]