September 1st, 2016

राष्ट्र बैंकका मीनबहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

min bahadurसरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनवहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक श्रेष्ठलाई बिहिबारको मन्त्री परिषद् वैठकले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक, त्यसपछि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेको श्रेष्ठ पछिल्लो समय राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावाधिरि गरेका डा. श्रेष्ठ नेपाल राष्ट्र बैंकमा भने झण्डै तीन दशकदेखि कार्यरत छन् । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]