February 2nd, 2016

बैकिंङमा डिप्लोमा गरेकालाई प्राथमिकता

economic 2विकास बैंकहरुका कर्मचारीलाई समयानुकुल दक्ष बनाउने उद्देश्यले तालिम, गोष्ठी, सेमिनार तथा अन्तकृया आयोजना गरिने भएको छ । यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) बीच औपचारिक सम्झौता भएको छ । एशोसिएसनले सञ्चालन गर्दै आएको तालिम तथा सेमिनारहरुलाई अझ वढी व्यवसायिक बनाउँदै लैजान दुई संस्थाबीच सम्झौता भएको हो ।

विकास बैंकमा कर्यरत व्यवस्थापकीय तथा अन्य कर्मचारीका ज्ञान र सीप अभिबृद्धि गर्नका लागि एनबिआइसँग सम्झौता गरिएको लामिछानेले बताए । सहमति अनुसार एनबिआइले विकास बैंकका कर्मचारीलाई आवश्यक पर्ने तालिम बारे अध्ययन गर्ने छ र त्यसै अनुसार आवश्यक तालिम तथा सेमिनार आयोजना गर्ने छ । एनबिआइले विकास बैंकहरुलाई प्रोसेस रिइन्जिनियरिङ गर्न, नीति तथा कार्य्विधि तयार गर्नका लागि आवश्यकता अनुसार परामर्श पनि दिने छ । विकास बैंकहरुले कर्मचारी भर्ना गर्दा एनबिआइबाट बैंकिङमा डिप्लोमा गरेका उमेदवारलाई प्राथमिकतामा राख्ने पनि सहमति भएको छ

सम्झौतापत्रमा एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा एशोसिएसनका प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद पौडेल, महासचिव कमल गौतम र कोषाध्यक्ष उमेशसिंह भन्डारी तथा एनबिआइका एकेडेमिक डाइरेक्टर बीएन घर्ति र कार्यक्रम प्रमुख धनवहादुर थापा पनि उपस्थित थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]