February 2nd, 2016

लोड सेडिङको असर : ‘नो लाइट नो पेमेन्ट’

देशले एकातिर नाकाबन्दीको असर खेपिरहेको छ । नाकाबन्दीले आर्थिक मन्दी ल्याएको छ । अर्कातिर हिउँदे यामको चिसो त छँदैछ ।  यतिसम्म की आफैँले बैंकमा जम्मा गरेको आफ्नै पैसासमेत ग्राहकले निकाल्न पाइरहेका छैनन् । आफैँले आफ्ना लागि जम्मा गरेको रकम भनेको बेला निकाल्न नपाउँदा हैरानी बेहोर्नु स्वाभाविकै हो ।

गतसातादेखि दैनिक ११ घण्टा लोड सेडिङ भइरहेको छ । बत्ति कतिबेला बल्छ भन्ने पनि थाहा हुँदैन । उठ्दा पनि विजुली बल्दैन र सुत्दा पनि विजुली बल्दैन । जसका कारण आम मानिसले विजुली बलेको महसुस पनि गर्न पाइरहेका छैनन् । तर जम्बो मन्त्री मण्डल बनाएको केपी ओली नेतृत्वको सरकारले भन्छ, ‘एक वर्षभित्र देश लोडसेडिङ मुक्त हुन्छ ।’

लोड सेडिङको तालिका 
loadsheddingराजधानीका अधिकांस बैंक तथा वित्तिय संस्थाहरुले लोड सेडिङ भएको बेला कारोवार गर्न छाडेका छन् । उनीहरुकै भनाईमा इन्धनको अभाव र लोड सेडिङका कारणले आफ्ना सबै काउन्टर चलाउन सकिएको छैन । लोड सेडिङ भएको बेला कुनकुन बैंकले कारोवार गर्दैनन ? त्यसकै आधारमा पैसाको कारोवार गर्न बैंकसम्म पुग्नुपर्ने अवस्था छ ।

ढाट्छन् बैंकहरु 
बैंकिङ सेवा सधैंभरी अर्थात् २४ घण्टा नै सेवाग्राहीको सेवाको लागि तयार हुनुपर्ने क्षेत्र भए पनि पछिल्लो समय नाकाबन्दीसँगै उब्जिएको इन्धन अभावको संकटले बैंकिङ सेवाका लागि जाने सेवाग्राहीले समेत घण्टौसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थाले ग्राहकहरू थप मर्कामा परेका छन् । यद्यपी बैंकहरू भने आफ्नो सेवालाई लोडसेडिङले खासै असर नगरेको दाबी गर्छन् । बैंकिङ क्षेत्रमा नाकाबन्दीको असर परको छ । अधिकांस बैंकका काउन्टर बत्ति नहुँदा बन्द भएका हुन्छन् ।

global-ime-bank 1तर बैंकहरुले भने ग्राहकलाई ढाट्न थालेका छन् । उनीहरुले सेवा प्रवाह रोकिदा पनि आफ्नो सेवालाई प्रभावित बन्न नदिएको दाबी गर्छन् । काठमाडौं उपत्यका भित्र १५ वटा शाखारहेको बैंक अफ काठमाडौंले आफ्नो शाखामा कुनै पनि समस्या नरहेको दाबी गरेको छ । उसले सम्पूर्ण शाखाहरूमा कतै सौर्य उर्जा त कतै इन्भर्टरको प्रयोगले सेवाग्राहीलाई मर्का नपारेको दाबी पनि गरेको छ । हिमालयन बैंकले भने बत्ति गएको समयमा आफ्नो सेवा प्रभावित हुने गरेको बताएको छ । आफ्ना शाखाहरूमा एक दुई घण्टाको लागि सेवा प्रवाह गर्ने क्षमता भएको भए पनि धेरै समय बन्द गर्नुपरेको बैंकका सूचना अधिकारीले स्वीकारेका छन् । लोडसेडिङको समयमा पनि बन्द नभएका बैंकहरूमा लुम्बिनी बैंकले अरु बेलाजस्तै (अन्य दिन तीन बजेसम्म र शुक्रबार एक बजेसम्म) सेवा दिँदै आएको दाबी गरेको छ । एनएमबी बैंकले पनि पहिलेकै जस्तो सेवामा कुनै कमजोरी नभएको दाबी गरेको छ । बैंकले पेट्रोलियम पदार्थको प्रयोग गर्दा केही बढी मितव्ययी बनेर काम गर्नुपरेको भए पनि सेवा बन्द भने कुनै पनि शाखाको नभएको स्पष्ट पारेको छ ।

Siddhartha-Bankत्यस्तैगरी सिद्धार्थ बैंकले आफ्नो सन्ध्याकालीन सेवामा प्रभावित भएको भए पनि दिवा सेवामा कुनै समस्या नरहेकोले ग्राहकहरूले ढुक्क भएर सेवा लिन सक्ने दाबी गरे । सानिमा बैंक र लक्ष्मी बैंकले पनि आफ्नो सेवा प्रभावित नभएको दाबी गरे । यसरी आफ्नो सेवामा कुनैपनि असर नपरेको दाबी बैंकहरूले गरिरहदाँ सेवाग्राहीहरू भने बैंकमा गएपछि घण्टौंसम्म कुर्नुपर्ने समस्याले हैरान भएको दाबी गर्छन् । आइतबार न्यूरोडको ग्लोवल आईएमई बैंकमा पैसा निकाल्न पुगेका सुदिप खतिवडाले दुई घण्टाको प्रतिक्षापछि मात्रै सेवा बैंकिङ सेवा सञ्चालन भएको र त्यसको डेढ घण्टापछि मात्रै आफूले पैसा निकाल्न सकेको गुनासो गरे । ‘एटीएम पनि बन्द रहेछ’, उनले भने ‘बत्ति गयो भनेर नै दुईघण्टा कुराईयो ।’ सो बैंकको मैतीदेवी, कुपण्डोललगायतका शाखा पनि बत्ति नहुँदा सेवा प्रवाह गर्दैनन् ।

सेवाग्राहीले चाहिएको समयमा सुरक्षित रूपले गर्जाे टार्न सकिन्छ भनेर नै बैंकमा पैसा जम्मा गर्ने हुन् तर, यसरी विभिन्न समस्याले ग्रस्त भइदिँदा बैंकले आफ्ना सेवाग्राहीलाई सेवा दिन नसक्दा बैंकिङ क्षेत्रप्रतिको आम मानिसको विश्वसनीयतामाथि नै प्रश्न चिश्न खडा भएको छ । अत्यावश्यक भएको बेलामा पाईने यस्ता झण्झटहरू आम सेवाग्राहीहरूको लागि समस्याको विषय बन्न पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]