"> कर्मचारीबाटै असुरक्षित बैंकिङ क्षेत्र : प्रशिक्षार्थी कर्मचारी निकै कम्जोर – Banking-Khabar

कर्मचारीबाटै असुरक्षित बैंकिङ क्षेत्र : प्रशिक्षार्थी कर्मचारी निकै कम्जोर

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा लोभ लालच र प्रशिक्षणको अभावले बैंकका कर्मचारीबाट गोप्य राखिनुपर्ने सूचनाहरु सार्वजनिक हुने गरेका छन् । हालै भएको बैंकिङ घोटाला प्रकरणमा पनि ग्राहकहरुको पहिचान तथा फोटो बैंककै कर्मचारीबाट वितरण गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यसको थप अनुसन्धानका लागि १९ वटा बैंकका सिइओ र संचालकमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।

ग्राहकको पहिचान र फोटो वितरण गरिएको अनुमान

बैंकमा देखाइएको ग्राहक पहिचान अर्थात बैंकमा रहेको कुनै पनि ग्राहकको बारेमा रिपोर्ट यो गिरोहलाई कसरी थाहा भयो ? जव कि एक वा दुई संख्या होइन, सयौंको संख्यामा ग्राहकको खाता, हस्ताक्षर र पहिचान थाहा गरेर नक्कली काम गर्न सक्ने अबस्थामा एउटा गिरोह पुग्यो । प्रहरीको कुरा सुन्दा निकै आश्चर्यजनक र डर लाग्दो छ । बैंकमा खाता खोल्ने व्यक्तिको बारेमा पुरै जानकारी हुनु । कति रकम राखिएको छ थाहा हुनु । कस्तो हस्ताक्षर गरेको छ त्यो पनि थाहा हुनु । अनि चेक बुक नै नयाँ बनाउन सक्नु र चेक काटेर बैंकसम्म पुगेर लाखौं लाख रकम नै निकाल्न सक्नु । यो हिम्मत सामान्य नागरिकमा होइन बैंक लुटेरासँग पनि हुँदैन । यति धेरै काम गर्न धेरै नै सूचना थाहा पाउनुपर्छ । अन्य सूचना त थाहा होला । बैंकमा रकेको रकम र हस्ताक्षर पनि उस्तै गर्न सक्ने कुरा बैंकको कर्मचारीको सहयोग विना सम्भव छैन । 

नयाँ र प्रशिक्षार्थी कर्मचारी नै बैंकका लागि हानीकारक हुने गरेको पाइएको छ । शाखा विस्तारका कारण धेरै कर्मचारी थप्नुपर्ने र यसरी थपीने कर्मचारीहरु भनसुनका आधारमा पनि राखिने गरिनु अर्को समस्या हो । अन्तत नबुझ्ने, नजान्ने, नयाँ र छोटो अबधिका लागि ल्याइएका कर्मचारी बैंकका लागि हानिकारक हुने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । 

खराव प्रबृतिका कर्मचारीबाट समस्या

बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराउँछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । बैंक यस्तो संस्था हो जसलाई सीसाको घर पनि भनिन्छ । जहाँ जोखिमको मात्रा बढी हुने गर्दछ । त्यसकारण बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु इमान्दार र नैतिकवान हुनुपर्छ । इमान्दार र नैतिकवान् मात्र होइन योग्य तथा दक्ष जनशक्तिलाई छनोट गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणहरुको लगानी तथा निक्षेप बढी हुने भएकाले वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान पुर्याउनु पर्दछ ।

प्रविधिमैत्रीको आबश्यकता : अब बैंकका कर्मचारी प्रविधिमैत्री हुन जरुरी छ । टेक्नोलोजीले फड्को मारेको अबस्था छ । तर बैंकका कर्मचारीलाई नै टेक्नोलोजीको ज्ञान कम छ । सम्बन्धित डिपार्ट बाहेकलाई बैंकिङ टेक्नोलोजी बारे नलेज छैन । प्रविधिको क्षेत्रमा विश्वले हरेक पल नयाँ अविष्कारहरु गरि रहँदा त्यसको प्रयोग सबैभन्दा पहिले बैकिङ क्षेत्रमा नै भित्रिने गरेका छन् । साथै भित्रिएका प्रविधिहरु पनि लामो समयसम्म रहिनरहने भएकोले बैंकमा कार्यरत कर्मचारीहरुलाई धेरै कुराहरु निरन्तर रुपमा सिकिरहनु पर्ने हुन्छ ।

लोभ र लालचका प्रबृतिमा हाबी : अधिकाँस बैंकका कर्मचारीमा लोभ, लालच प्रबृति हाबी छ । बैंकको कर्मचारीहरु इमान्दार हुनु अति नै आवश्यक हुन्छ । कर्मचारीहरु बैंकको आर्थिक कारोबारहरुमा प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ । तर त्यस्तो पाईदैन । कमीशनको चक्कर एउटा पक्ष र अरुको पैसामा आँखा लगाउने प्रबृति पनि बढी छ । जसले गर्दा धितो मुल्याङन तथा प्रशाशनीक खर्चमै कमीशन धेरै बैंकका कर्मचारीमा भेटिन्छ । जस कारण केही बैंकका शाखा प्रमुखहरु बैंकिङ कसुरमा परेका छन् भने छानविन राम्ररी हुने हो भने अरु पनि बैंकिङ कसुरमा भेटिने सम्भावनाहरु छन् ।

भनसुनमै टिक्न खोज्ने अभ्यास : अधिकाँस कर्मचारीहरु मेहनत, लगनशील र धैर्यता भन्दा भनसुनमा जागिर खाने प्रबृतिमा छन् । भनसुन मिल्यो भने बैंक छोडेर अर्को बैंकसम्म जाने वा काम थोरै गरेरै जागिर खाने पोष्टतर्फ लालायीत हुने देखिन्छन् । सिइओको नजरमा कुराबाट राम्रो बन्न खोज्ने तर काम कम गर्नेहरु धेरै बैंकमा भेटिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.