November 29th, 2019

सिर्जना फाइनान्सको हकप्रद ९० प्रतिशत बिक्यो, बाँकी लिलामीमा राखिने

बैंकिङ खबर । सिर्जना फाईनान्सले हालै निष्काशन गरेको हकप्रद शेयर ९० प्रतिशत बिक्री भएको छ । फाइनान्सले चुक्ता पूँजी ४६ करोड ७ लाख ८४ हजार रुपैयाँको ६० प्रतिशतले हुन आउने २७ करोड ६४ लाख ६९ हजार दुई सय रुपैयाँ बराबरको शेयर गत असोज १७ गते देखि बिक्री खुला गरेको थियो । सबै शेयर तोकिएको म्याद ३५ दिन भित्र बिक्रि नभएकाले धितोपत्र दर्ता तथा निष्काशन नियमाबली, २०७३ को नियम १८ को उप नियम (२) बमोजिम १५ दिन म्याद थप गरी मंसीर ६ गतेसम्म हकप्रद निष्काशन खुला गरिएको थियो ।

थपिएको म्यादसम्ममा पनि ९० प्रतिशत अर्थात २४ करोड ५९ लाख ४८ हजार रुपैयाँ बराबरको हकप्रद शेयर विक्री भएको छ । सनराईज क्यापिटलबाट एक करोड ९३ लाख ३० हजार दुई सय, आश्वाबाट दुई करोड ९५ लाख २८ हजार एक सय र सिर्जना फाईनान्सबाट १९ करोड ७० लाख ८९ हजार तिन सय रुपैयाँ बराबरको शेयर विक्री भएको छ । बाँकी तीन लाख पाँच हजार दुई सय १२ कित्ता शेयर संस्थापक तथा सर्बसाधारण शेयरलाई छिटै शिलबन्दी बोलपत्रको माध्यमले विक्री गर्ने फाइनान्सले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]