November 28th, 2019

८ सय २५ जनाको पहिचान सहितको फोटो ! बैंकबाट कसरी पायो गिरोहले ?

बैंकिङ खबर । प्रहरीले हालै पक्राउ गरेको गिरोहलाई ८ सय २५ जना व्यक्तिको खाताको पूर्ण विवरण र फोटो समेत तयार गर्न कसरी सम्भव भयो ? हाम्रा बैंकहरु यति धेरै कम्जोर छन् ? जसले ग्राहकको पहिचान यति सजिलै गिरोहलाई उपलव्ध गराए ? बैंकका कर्मचारीमाथि गम्भिर प्रश्न खडा भएको छ । यो घटनामा मुछिएका बैंकभित्रका कर्मचारीको ठुलो हात रहेको प्रहरीको अनुसन्धानबाट खुल्ने छ ।

गिरोहले जनता बैंकबाट २० लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ गरी ३० लाख रुपेयाँ चोरेको पुष्टि भएको छ । प्रहरीले ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकका ग्राहकको नाममा रहेका चेकबुक बरामत गरेको छ । प्रहरीले गिरोहबाट ८२५ जना बैंक ग्राहकको फोटो संकलन भएको अबस्थामा बरामद गरेको छ । र ८२ थान एटीएम बरामत गरेको छ भने अन्य बैंकको ७ वटा एटीएम बरामत गरेको छ । एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक, एभरेष्ट बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकका चेकहरु नक्कली तवरबाट तयारी गरिएको छ । साट्नका लागि तयारी अबस्थामा यी चेकहरु कसरी चयारी भयो ? प्रहरी आफै आश्चर्यमा परेको छ । यी बैंकहरुका चेकमध्ये कतिपयको चेक काटेर साट्न नै तयार पारिएको र कतिपयको नकाटीएको अबस्थामा प्रहरीले बरामद गरेको छ । यसमध्ये मुक्तिनाथ विकास बैंकको चेक धेरै काटीएको अबस्थामा भेटिएको छ । जनता बैंक र मुक्तिनाथ विकास बैंकबाट रकम नै साटिएको छ । सो बाहेक एनआईसी एसिया बैंकको ६८ थान काटीएको चेक बरामद भएको छ । मुक्तिनाथ विकास बैंकको ४१ थान काटिएको र एकथान नकाटिएको चेक बरामत गरेको छ । जनता बैंकको ४१ थान काटिएको र १६ थान नकाटिएको चेक, बरामद गरिएको छ ।

नयाँ र अचम्मको घटना

बैंकमा देखाइएको ग्राहक पहिचान अर्थात बैंकमा रहेको कुनै पनि ग्राहकको बारेमा रिपोर्ट यो गिरोहलाई कसरी थाहा भयो ? जव कि एक वा दुई संख्या होइन, सयौंको संख्यामा ग्राहकको खाता, हस्ताक्षर र पहिचान थाहा गरेर नक्कली काम गर्न सक्ने अबस्थामा एउटा गिरोह पुग्यो । प्रहरीको कुरा सुन्दा निकै आश्चर्यजनक र डर लाग्दो छ । बैंकमा खाता खोल्ने व्यक्तिको बारेमा पुरै जानकारी हुनु । कति रकम राखिएको छ थाहा हुनु । कस्तो हस्ताक्षर गरेको छ त्यो पनि थाहा हुनु । अनि चेक बुक नै नयाँ बनाउन सक्नु र चेक काटेर बैंकसम्म पुगेर लाखौं लाख रकम नै निकाल्न सक्नु । यो हिम्मत सामान्य नागरिकमा होइन बैंक लुटेरासँग पनि हुँदैन । यति धेरै काम गर्न धेरै नै सूचना थाहा पाउनुपर्छ । अन्य सूचना त थाहा होला । बैंकमा रकेको रकम र हस्ताक्षर पनि उस्तै गर्न सक्ने कुरा बैंकको कर्मचारीको सहयोग विना सम्भव छैन । प्रहरी भन्छ अब यस्ता घटनामा संलग्न व्यक्ति कसैगरी पनि उम्कन सक्ने अबस्था छैन । केही दिन अगाडि एटीएम मेसीनमै हमला गर्ने चिनियाँ अपराधिक टोली समातियो । त्यपछि कृषि विकास बैंकबाट पैसा ट्रान्सफर गर्ने अर्को गिरोह समातियो । यस अघि पनि अधिकाँस गिरोह समातिएका छन् । कोही बैंकिङ कसुरमा जेलमा छन् । कोही अपराधको केसमा जेलमा छन् । अहिले अधिकाँस ठाउँमा सिसि क्यामरा जडान छ । प्रहरीसँग पनि धेरै डिजिटल क्षमता छ । अनि प्रहरी पनि धेरै गुणा क्षमताका छन् । यसकारण यस्ता अपराधिक घटनामा संलग्न भएर पैसा कमाउँछु भन्ने कसैले पनि सोँच राख्न आबश्यक छैन, जव कि कोही पनि उम्कन सक्ने अबस्था नै देखिदैन । जीवनको नास, परिवारको विचलन र जेलजीवनका लागि मात्रै यस्ता हत्कण्डाहरु सावित हुने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]