मिर्मिरे लघुवित्तले पायो लाभांश वितरण गर्ने अनुमति

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ । लघुवित्तले ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.३६८४२०८८९ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्राप्त गरेको छ । अब लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन् । अहिले मिर्मिरे लघुवित्तको चुक्तापुँजी १२ करोड ८७ लाख ८६ हजार चार सय रुपैयाँ रहेको छ ।