"> एक प्रतिशत कर्जा सहुलियत कर्जा अन्तर्गत दिन अर्थमन्त्रीको आग्रह – Banking-Khabar

एक प्रतिशत कर्जा सहुलियत कर्जा अन्तर्गत दिन अर्थमन्त्रीको आग्रह

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै बैंकलाई कम्तिमा एक प्रतिशत ऋण सहुलियत क्षेत्रमा दिन आग्रह गरेका छन् । सहुलियत ब्याज दर कर्जा प्रवाहका लागि युवा परिषद्सँग राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र एनएमबी बैंकले समझदारी गरेको कार्यक्रममा बोल्दै उनले व्याज अनुदानको कर्जा दिन आग्रह गरेका हुन् । उनले सबैले एक प्रतिशतका दरले ऋण दिएको भए आज ३० अर्ब लगानी भइसक्ने र यसबाट ६० हजार युवा स्वरोजगार बनिसक्थे भन्दै गुनासो समेत गरे ।

अर्थमन्त्री डा. खतिवडाले प्रक्रिया पुरा गर्दा पनि व्याज अनुदानको ऋण नपाए सीधै आफ्नो इमेलमा गुनासो पठाउन आग्रह गरे । अहिले पनि गुनासोहरु आइरहेको र आफूले अपडेट लिइरहेको उनले बताए । सहुलियत कर्जाको लागि आफू साक्षी रहेको भन्दै उनले यस विषयमा खेलवाड नगर्न बैंकहरुलाई चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.