"> बैंक लुट्ने काममा कर्मचारीकै संलग्नता, अब सम्भव छैन सुरक्षाबाट उम्कन – Banking-Khabar

बैंक लुट्ने काममा कर्मचारीकै संलग्नता, अब सम्भव छैन सुरक्षाबाट उम्कन

बैंकिङ खबर / बैंकमा देखाइएको ग्राहक पहिचान अर्थात बैंकमा रहेको कुनै पनि ग्राहकको बारेमा रिपोर्ट यो गिरोहलाई कसरी थाहा भयो ? जव कि एक वा दुई संख्या होइन, सयौंको संख्यामा ग्राहकको खाता, हस्ताक्षर र पहिचान थाहा गरेर नक्कली काम गर्न सक्ने अबस्थामा एउटा गिरोह पुग्यो । प्रहरीको कुरा सुन्दा निकै आश्चर्यजनक र डर लाग्दो छ । बैंकमा खाता खोल्ने व्यक्तिको बारेमा पुरै जानकारी हुनु । कति रकम राखिएको छ थाहा हुनु । कस्तो हस्ताक्षर गरेको छ त्यो पनि थाहा हुनु । अनि चेक बुक नै नयाँ बनाउन सक्नु र चेक काटेर बैंकसम्म पुगेर लाखौं लाख रकम नै निकाल्न सक्नु । यो हिम्मत सामान्य नागरिकमा होइन बैंक लुटेरासँग पनि हुँदैन । यति धेरै काम गर्न धेरै नै सूचना थाहा पाउनुपर्छ । अन्य सूचना त थाहा होला । बैंकमा रकेको रकम र हस्ताक्षर पनि उस्तै गर्न सक्ने कुरा बैंकको कर्मचारीको सहयोग विना सम्भव छैन । यस्तो अपराधिक कार्यमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 बैंक खातावालाको नाम र हस्ताक्षर बटुल्टै नक्कली काम गरेर बैंकबाट पैसा निकाल्ने गरेको एउटा ठुलो गिरोह प्रहरी फन्दामा परेको छ । नक्कली सिग्नेचर गरेर बैंकबाट लाखौं रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुले बैकमा खाता रहेका विभिन्न व्यक्तिहरूको चेकमा रहेको सिग्नेचर चोरी गर्ने, चेक हराएको भन्दै नयाँ चेक निकाल्ल्ने र सोही चेकबाट रकम निकाल्ने गरेको पाइएको छ । खातावालको नाम र सिग्नेचर पत्तत्त लगाउँदै यस्तो काम गर्दे गरेको तथ्य बाहिरिएको हो । खातावालहरुको सक्कली भिसा कार्ड समेत बनाई प्रयोगमा ल्याएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

जनता बैंकका खातावाल गोपालमान राजबाहकको नामबाट चेक साटीएका म्यासेजहरु आएपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरी राष्ट्र बैंकको सहयोगमा गिरोह समातेको हो । पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन् । उनीहरूबाट बिभिन्न व्यक्तिहरूको नागरिकताको २ सय ९० वटा प्रतिलिपि, विभिन्न व्यक्तिहरूका नाम र रकम उल्लेख गरिएको २६ वटा रजिष्टर, विभिन्न प्रकार हस्ताक्षर नमूना र बिभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको दुइवटा डायरी पनि बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर उनीहरुलाई बैंकिंङ कसुर सम्बन्धी अपराधमा मुद्दा चलाउन सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

कर्मचारीमै अपराधिक मानसिकता हाबी
बैंकमा काम गर्ने कर्मचारीमा अपराधिक मानसिकता बढ्दै गएको यस अनुसन्धानले देखाएको छ । प्रहरीले अनुसन्धान जारी रहेको र कर्मचारीकै मिलेमतोमा काम भएको बताएको छ । यस अघिका घटनालाई हेर्ने हो भने देव विकास बैंकका शाखा प्रमुख, कैलाश विकास बैंकका शाखा प्रमुख, कृषि विकास बैंंकका शाखा प्रमुख सहित अन्य विभिन्न बैंकमा काम गर्ने कर्मचारीले अरुसँगको मिलेमतोमा यस्तै तर फरक प्रबृतिबाट पैसा निकाल्ने काम गरेको पाइएको छ । ति घटनालाई हेर्दा बैंकमा काम गर्ने कर्मचारीहरुमा नकारात्कम पक्ष उत्पन्न भएको र छिटो पैसा कमाउने धन्दामा हात अघि बढाउन खोजेको देखिन्छ । डिजिटल सूचनाहरु हुनुपूर्व अर्थात करिव १० बर्ष अगाडि बैंंकहरुमा सुरक्षा गार्ड वा कर्मचारीकै मिलेमतोमा बैंंक चोरी हुने गरेका घटनाहरु भेटिन्थे । अहिले डिजिटल अबस्था, सिसि क्यामरा लगायतका विभिन्न सुरक्षा पद्धतिले त्यो कार्य असम्भव छ । शैली फरक फरक देखिन्छन् तर घटनामा बैंकका कर्मचारी संलग्न नभई कसरी सम्भव हुन्छ ? प्रहरीकै प्रश्न छ । यो घटना एउटा बैंकसँग मात्रै सिमित छैन । धेरै बैंक र सबैमा एउटै प्रकृतिको घटना । हरेक बैंकका ग्राहकको बारे सूचना पाउनु, हस्ताक्षर मिलाएर गर्न सक्नु । अनि नयाँ नयाँ चेकबुक तयार गर्नु सामान्य आश्चर्यजनक छैन । यस कारण बैंकमा काम गर्ने कर्मचारी सजग हुनुपर्ने अबस्था छ अन्यथा धेरै कर्मचारीहरु कुनै न कुनै रुपबाट जेल जान अबस्था आउन सक्छ ।

कोही उम्कने अबस्था छैन
प्रहरी भन्छ अब यस्ता घटनामा संलग्न व्यक्ति कसैगरी पनि उम्कन सक्ने अबस्था छैन । केही दिन अगाडि एटीएम मेसीनमै हमला गर्ने चिनियाँ अपराधिक टोली समातियो । त्यपछि कृषि विकास बैंकबाट पैसा ट्रान्सफर गर्ने अर्को गिरोह समातियो । यस अघि पनि अधिकाँस गिरोह समातिएका छन् । कोही बैंकिङ कसुरमा जेलमा छन् । कोही अपराधको केसमा जेलमा छन् । अहिले अधिकाँस ठाउँमा सिसि क्यामरा जडान छ । प्रहरीसँग पनि धेरै डिजिटल क्षमता छ । अनि प्रहरी पनि धेरै गुणा क्षमताका छन् । यसकारण यस्ता अपराधिक घटनामा संलग्न भएर पैसा कमाउँछु भन्ने कसैले पनि सोँच राख्न आबश्यक छैन, जव कि कोही पनि उम्कन सक्ने अबस्था नै देखिदैन । जीवनको नास, परिवारको विचलन र जेलजीवनका लागि मात्रै यस्ता हत्कण्डाहरु सावित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.