"> निराश हुने होइन गर्व गर्ने पेशा हो ‘लघुवित्त’ – Banking-Khabar

निराश हुने होइन गर्व गर्ने पेशा हो ‘लघुवित्त’

अर्जुन पोखरेल । पेशा बिभिन्न प्रकारका हुन्छन् । जस्तै, निजामति, शिक्षक, बैकर, नेपाल प्रहरी, नेपाल आर्मि, सबारी चालक, सह चालक, कुक, वेटर, क्लिनर, कार्पेन्टर, म्यासेन्जर, पेन्टर, टेलर, सुरक्षागार्ड, सिकर्मि, डकर्मि, प्लम्बर, वकिल आदि । कुनै पनि पेशा आफैमा सानो, ठुलो, राम्रो, नराम्रो, सजिलो र असजिलो भन्ने नै हुँदैन ।

कुनै पनि ब्यक्ति आफु सम्लग्न भएको पेशामा सन्तुष्ट भएको पाईदैन र उसले आफु सम्लग्न भएको पेशा भन्दा अर्को पेशा नै सजिलो र राम्रो देख्छ । किनकी हरेक ब्यक्तिको मस्तिस्कले फिलिंसको सिर्जना गराउँछ । यसैले ब्यक्तिमा घमण्ड, लोभ, ईश्र्या जस्तो नकारात्मक प्रवृतिको प्रवेश गराउँछ । त्यहि नकारात्मक फिलिंसले गर्दा ब्यक्तिहरुले पेशालाई बिभिन्न रुपमा देख्छन् । कुनै ब्यक्तिको राम्रो देख्छन् त कुनै ब्यक्तिको नराम्रो । कुनै ब्यक्तिको सजिलो देख्छन् त कुनै ब्यक्तिको कठिन । कुनै ब्यक्तिको ठुलो देख्छन् त कुनै ब्यक्तिको सानो ।

ब्यक्ति आफ्नो दिनचर्या कुनै न कुनै पेशामा संलग्न भएर बिताउने गर्दछ र पेशामा सम्लग्न भए बापत उसले आफ्नो परिश्रमको मुल्य लिने गर्दछ । पेशामा संलग्न भएका हरेक व्यक्तिले केहि न केहि परिश्रमको मुल्य लिन्छन् नै लिन्छन् । यहाँ परिश्रम गरे बापत मुल्य लिने सबैको पेशा एउटा मात्र हुन्छ मात्र त्यसलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । मात्र पेशा भित्रको कामको वर्गिकरण ब्यक्तिको योग्यता, क्षमता र दक्षता अनुसार फरक हुन्छ र परिश्रमको मुल्य पनि यसैले निर्धारण गर्दछ । के थोरै परिश्रमको मुल्य लिने ब्यक्तिको पेशा सानु र धेरैे परिश्रमको मुल्य लिने ब्यक्तिको पेशा चै ठुलो पनि हुन्छ र ? जस्तै, एउटा क्लिनरले सरसफाई गरे बापत तिस हजार लिनै नपाउने र अर्को शिक्षकले स्कुलमा पढाए बापत पन्ध्र हजार लिनै नहुने, त्यस्तै धनि ब्यक्तिले भाँडा माझ्नै नहुने, गरिब ब्यक्तिले मात्र भाँडा सधै माझ्नु पर्ने, अनि अर्थिक रुपमा सम्पन्न ब्यक्तिले भारी बोक्दा नसुहाउने र आर्थिक रुपमा बिपन्न ब्यक्तिले मात्र भारी बोक्दा सुहाउने भन्ने पनि हुन्छ र ? पेशा सबैको समान हो र परिश्रम बेचेर लिने मुल्य पनि एउटै हो । मात्रै ब्यक्ति भित्रको नकारात्मक फिलिंसको कारण पेशालाई बिभिन्न रुपमा हेरिन्छ । सचेत युवा वर्गले सोचमा परिवर्तन ल्याउन अति आवश्यक देखिन्छ ।

वर्तमान अबवथामा देशका धेरै शैक्षिक बेरोजगार युवा युवतीलाई रोजगार हव बनेको नेपालको लघुबित्त क्षेत्र पनि माथिका दोषबाट मुक्त हुन सकेको छैन । अहिलेको अवस्थामा यस क्षेत्रमा संलग्न व्यक्तिहरुमा झनै बढी नैराश्यता बढेको पाईन्छ । हरेक दिनको भविष्य त्यस दिनको बिहानीले बताउँछ भने जस्तै यस क्षेत्रमा संलग्न भएका व्यक्तिहरुलाई बिहान भेट्ने बित्तिकै के छ साथि भनेर सोध्नै हुन्न उताबाट सुरु हुन्छ खत्तम छ, बर्बाद भयो, दिमाग खराब भयो, बेहाल भयो, टाउको द’खेको छ, कस्तोमा जागिर खाईएछ, साह्रो दुःख पाईयो आदि इत्यादि । यसरी बिहान उठ्दा नै संगैै नकारात्मक सोच र चिन्तनले मस्तिष्क भराएर उठेको ब्यक्तिबाट त्यस दिनको अन्त कसरी सुःखद हुन सक्ला र ? यसरी सुरु भएको दिनचर्या सकुशल, शुभ साथ बित्ने त कुरै भएन । दिनभर झन् कति नकारात्मक वस्तुले भरिने हो र व्यक्ति कतिखेर डिप्रेशनमा जाने हो । देशका युवा पंक्ति नै दिन दिनै डिप्रेशनको नजिक पुग्नु पक्कै पनि राम्रो हुँदै होईन । यस किसिमका नकारात्मक सोचाई उत्पन्न गराउने मस्तिष्कलाई डाईभर्ट गरि सकारात्मक फिलिंसमा परिणत गराउनु नै आजको आवश्यकता हो र त्यो सम्भव बनाउनु पनि पर्छ ।

लघुबित्त अभियान्ताहरु हामी आफ्नो पेशाप्रति सँधै गर्व गरौ नकि नैराश्यता । किनकी समाजको सेवा गरे बापत सेवाको मुल्य नलिने समासेवी सादगी कसलाई भेटिएको छ र ? कुन पेशामा संलग्न भएको व्यक्तिले बिना मुल्य परिश्रम बेच्छ र ? डाक्टर, शिक्षक, नायब सुब्बा, वकिल, राजनीतिकर्मी र बैंकर सबै पेशा भन्दा उत्कृष्ट समाजसेवी हामी लघुवित्त बैकरहरुलाई मात्र भन्न सक्छौ । यसमा हामीले गर्व गर्नुपर्छ किनकी एउटा गरिब व्यक्ति रोग लागेर सिकिस्त बिरामि भयो भने उसलाई डक्टरले हेर्दा पनि हेर्दैन र उपचार सम्भव हुँदैन किनकी गरिब ब्यक्तिले उपचार गर्दा लाग्ने शुल्क तिर्न सक्दैन । त्यस्तै एउटा गरिबको छोरो जतिसुकै पढाईमा कमजोर होस उसलाई ट्यूसन पढाउन शिक्षक कहिल्यै तयार हुँदैन, किनकी ट्यूसन पढाउदा लाग्ने शुल्क उक्त गरिब ब्यक्तिले दिनै सक्दैन । एउटा गरिब ब्यक्ति नागरिकता बनाउन प्रशासन कार्यालय जान्छ, नायब सुब्बाले उसको फर्म हेर्दै हेर्दैन किनकी उसको पहुँच ठुलासँग हुन सक्दैन र समयमै उसको काम हुनै सक्दैन । एउटा गरिब ब्यक्ति जतिसुकै अन्यायमा परोस उसको पक्षमा वकिल लाग्दै लाग्दैन । किनकी वकिलको मुल्य गरिबले दिनै सक्दैन । त्यस्तै समाजमा झगडा पर्दा होस या धर्म संस्कृति मनाउँदा राजनीतिकर्मीहरु जो आफु समाज सेवी भन्ठान्छन्, तिनिहरुले पनि समाजमा बिभेदकारी नीति अबलम्बन गरि राखेका हुन्छन् । समाजमा मेलमिलाप गराउने निहुमा गरिबलाई पेलेर होस या सभा बैठक गर्दा सिमित ब्यक्तिलाई मात्र उपस्थित गराएर होस या योजना बाँडफाँड गर्दा कुनै स्थानलाई मात्र छनौट गरेर होस कुनै न कुनै रुपमा भेदभाब अबश्य नै गर्ने गर्दछन् ।

तर हामी लघुबित्त बैकरहरुबाट सबै ब्यक्तिलाई हेर्ने दृष्टिकोण बराबर हुन्छ । अझै जुन ब्यक्ति गरिब छ, जोसँग प्रशस्त जग्गा जमिन छैन, जोसंग ब्यबशाय गर्ने कला शिप छ तर लगानि गर्ने पूंजि छैन त्यस्ता ब्यक्तिलाई प्राथमिकतामा राखि फिनान्सियल सर्पोट गर्छो । जो निराक्षर छन् तिनलाई साक्षर बनाउछौं भने समाजमा निश्कृय परिश्रमलाई सकृय बनाउन हर पल सहयोग गर्छौ । यस हिसाबले समाजमा उत्कृष्ट समाजसेवी निर्बिकल्प हामी हौं । हरेक पेशामा संलग्न भएका ब्यक्तिहरु कुनै न कुनै रुपमा शहर बजार केन्द्रत हुन खोज्छन् र हुन्छन् पनि । किनकी ग्रामिण भेग भन्दा हरेक रुपमा सुबिधा सम्पन्न शहर बजार हुने हुंदा गाउको तुलनामा बजारमा सुःख सुबिधा बढी हुन्छ,गांउको तुलनामा शहर बजारमा शिक्षित ब्यक्तिहरुको बसोबास बढी हुन्छ, गाउको तुलनामा शहर बजारमा आर्थिक रुपमा समेत सम्पन्न ब्यक्तिहरुको बसोबास बढी हुन्छ । तर लघुबित्त अभियान्ताहरु त्यहि सुबिधा सम्पन्न शहर बजार छोडेर शहर बजारदेखि टाढा ग्रामिण भेग, शिक्षा, स्वास्थको बारेमा जानकारी नभएको, गरिब ब्यक्तिहरुको बसोबास रहेको, आर्थिक रुपमा बिपन्न ब्यक्तिहरुको बसोबास रहेको ठाउँमा मात्र केन्द्रित हुने गर्छन् । यस हिसाबले समाजमा उतकृष्ट समाजसेवी निर्बिकल्प हामी हौं ।

माथि नै परिभासित गरिसकिएको छ कि परिश्रमको मुल्य जुन सुकै पेशामा आबद्ध ब्यक्तिहरुले अबश्य नै लिनुपर्छ र लिने नै गरेका छन् । तर परिश्रमको मुल्य अनुचित तबरले लिनु चै पक्कै पनि राम्रो होईन र यस्तो तरिकाले समाजको सेवा हुनै सक्दैन । जस्तै, डक्टरले हस्पिटलमा पुर्ण समय नदिएर पैसाकै लागि आफ्नो निजी क्लिनिकमा बिरामीको लाईन लगाई पैसा कमाउँछन् । शिक्षक स्कुलमा विद्यार्थीलाई नबुझाई पढाउने, कोर्ष नभ्याउने अनि कोचिङ तथा ट्यूसन सेन्टरममा विद्यार्थीको लाईन लगाई पैसा कमाउँछन् । वकिलले पक्ष र प्रतिपक्षलाई जुधाएर झगडा बनाई मुद्धा हाल्न सिकाई वकालत गरी पैसा कमाउँछन् । निजामति कर्मचारीहरुले अनुचित तबरबाट सेबाग्राहीबाट लाभ लिन्छन्् । तर एउटा मात्र लघुवित्त पेशामा आबद्ध कर्मचारीहरु न त सेवाग्राहीलाई सेवा दिए बापत अनुचित तबरले फाईदा लिन्छन् न त बढी समय दिए बापत सेवाग्राहीबाट अनुचित फाईदा लिन्छन् । यस हिसाबले समाजमा उतकृष्ट समाजसेवी निर्बिकल्प हामी हौं ।

अन्य पेशामा आबद्ध व्यक्तिहरुले कार्यालयको समय कतिखेर सकिन्छ भनेर दिनमा धेरै पटक घडि हेर्ने गर्दछन् । तर लघुबित्तका कर्मचारीहरु घडिमा हेर्ने फुर्सदै हुदैन, किनकी सेवाग्राहीलाई सेवा दिदा दिदै दिन बितेको थाहै हुदैन । अन्य पेशामा आबद्ध ब्यक्तिहरुले समयको परिपालना गर्न सकेको पाईदैन । पेशामा सम्झौता भएको केहि समय कुनै न कुनै तबरले खाएकै हुन्छन् भने सम्झौता भएको भन्दा केहि सेकेन्ड पनि बिना मुल्य खर्च गर्दैनन् र खर्च गरेमा पनि थप मुल्यको माग गर्छन् तर लघुवित्तकर्मिहरु समयको परिपालना ईमान्दारिताका साथ गर्दछन् र आफुसँग सम्झौता भएको भन्दा बढी समय श्रममा खर्च गर्छन् पनि । बढि समय खर्च गरेको श्रमको मुल्य लिँदा समेत लिदैनन्् बरु यसलाई कर्तब्य ठान्छन् । यस हिसाबले समाजमा उतकृष्ट समाजसेवी निर्बिकल्प हामी हौ ।

अन्य पेशामा आबद्ध ब्यक्तिहरु बढि अर्थमा केन्द्रित हुन्छन् । कसरी बढी पैसा कमाउने, शहर बजारमा जग्गा किन्ने र घर बनाई सुख सयलका साथ जिबनयापन गर्नेे तर लघुबित्तकर्मिहरु यस कुरामा चिन्तित् हुँदै हुँदैनन् किनकी लघुबित्त कर्मिहरु पैसा कमाउने उद्देश्यले यस क्षेत्रमा प्रबेश गरेकै हुंदैनन् । यदि धेरै पैसा कमाउने उद्देश्य भएको भए त यतिनै समय २ देखि ६ बर्ष बिदेश बसेर खटको भए त पक्कै पनि यहांको भन्दा बढी श्रमको मुल्य बिदेशमा हुन्थ्यो होला, यहाँभन्दा बढि अर्थ संकलन बिदेशमा हुन्थ्यो होला र सुख सयल साथ शहर बजारमा जीबनयापन गर्न सक्थे होला । यहाँ स्पष्टै छ लघुबित्त कर्मिमा धन कमाउने, सुख सयलका साथ जिवन यापन गर्ने चिन्तन एकदमै छैन चिन्तन छ त केवल नेपाली माटो कसरी मलिलो बनाउने, गाउँको बिकासमा सहयोग कसरी गर्ने, आर्थिक रुपमा विपन्न समुदायलाई समृद्धिमा कसरी लैजाने, समाजमा पछाडी परेका समुदायलाई कसरी अगाडी लैजाने, शहर बजारको तुलनामा गाउं हरेक हिसाबमा पछाडी परेकोले गाउंलाई बिकाश गरी शहर बजारमा परिणत कसरी गर्न सकिन्छ । यहि अभिप्रायले पैसा कमाउने अभिप्रायले नभई विशुद्ध समाज सेवाको हेतुले मात्र लघुवित्तकर्मिहरु यस क्षेत्रमा आबद्ध भएका हुन्छन् यिनिहरुलाई नेपालको एक चिम्टी माटो असाध्यै प्यारो लाग्छ । डक्टरले सेवा दिँदा गरेका भेदभाव, शिक्षकले पढाउँदा गरेका भेदभाब, वकिलले न्यायलयमा वकालत गर्दा गरेका भेदभाब, निजामति कर्मचारीले सेवा दिदा गरेका भेदभाब, राजनितिककर्मिले समाजमा गरेका भेदभाब धेरै सुन्न र देख्न पईएको छ । तर लघुबित्त कर्मिहरुले सेवा दिदा कुनै पनि जाति, धर्म, बर्ग, संस्कृति र लिंगका आधारमा भेदभाब गरेको पाईदैन र सबैलाई समान किसिमबाट सेवा दिएका हुन्छन् । यस हिसाबले समाजमा उतकृष्ठ समाजसेवी निर्बिकल्प हामी हौं ।

डाक्टरहरु सदरमुकाम बस्न चाहन्छन् किनकि त्यहाँ राम्रोसंग पोलिक्लिनिक चल्छ, शिक्षकहरु सदरमुकाम बस्न चाहान्छन् किनकी त्यहाँ टयूसन सेन्टर चल्छन् । वकिलहरु सदरमुकाम बस्न चाहान्छन् किनकी त्यहाँ ल फर्म खोलेर बस्न पाईन्छ । निजामति कर्मचारीहरु सदरमुकाम खोज्छन् किनकी त्यहाँ पैसा कमाउने स्रोतहरु धेरै पाईन्छ । राजनितिकर्मिको त के कुरा स्वार्थसिद्धिको लागि चुनाबको समयमा मात्र गाउँ हो त्यस पछि उसले गाउँ चिन्दै चिन्दैन तर लघुबित्तकर्मिहरु गाउँको पनि दुर्गम ठाँउ खोज्छन् किनकी दुर्गम अनि पिछडिएको ठाउँको विकाश गर्नु नै उनीहरुको उद्देश्य र मिसन हुन्छ र त्यो मिशन पुरा गर्नको लागि पिछडिएको स्थान र त्यहां बसोबास गरेका समुदाय खोज्छन् । यहाँ हरेक पेशाका ब्यक्तिलाई आ आफ्नै चिन्ता हुन्छ । कसरी धेरै धन कमाउने र सुबिधा सम्पन्न जिबन बिताउने तर यसको बिपरित लघुबित्त कर्मिलाई सधै अर्काको चिन्ता हुन्छ आफ्नो वास्तै हुंदैन । फलानोको ब्यबसाय किन घटेको, फलानोको ब्यबहार किन बिग्रियो कसरी सुधार गर्न सकिन्छ, फलानोको घरमा मेलमिलप नि छैन घर झगडा परिरहन्छ कसरी मिलाउन सकिन्छ, फलानो गाउँमा अशिक्षित बढि छन कसरी शिक्षित बनाउने, फलानो गाउंमा स्वस्थ सम्बन्धि ख्याल राख्दैनन् कसरी स्वास्थ सम्बन्धि चेतना जगाउने, फलानोलाई यस्तो समस्या परेछ कसरी उस्को समस्याको समाधान गराउने यस्ता मात्र कुराको चिन्तन र मनन हुन्छ र त समाजमा उतकृष्ट समाजसेवी निर्बिकल्प हामी हौं भन्छौ ।

अन्तमा पेशा आफैमा सानो र ठुलो हुदैन त्यसैले हामी हाम्रो पेशामा गर्ब गर्नुपर्छ किनकी बिपन्न बर्गको सेवा गर्नु नै सबभन्दा ठुलो समाजसेवी हो र यो काम सबैबाट हुन पनि सक्दैन । त्यसैले हामी निराश भएर होईन उर्जाशील भएर यस क्षेत्रमा लाग्नु आबश्यक छ र लाग्नु पर्छ । किनकी लघुबित्तकर्मिहरु लघुबित्तका डिजाइनर हुन्, ईन्जिनियर हुन्, मिस्त्री हुन्, जसले लामो समय लाएर कलात्मक रुपमा समुदायरुपी घरको निर्माण गरेका हुन्छन् । तर त्यहि घरलाई छिन भरमै भताभुंग पारी भत्काउने जमातको यहां कुनै हर्ज छैन । स्मरण रहोस घर बनाउन सिप चाहिन्छ तर भत्काउन सिपको आबश्यकता पर्दैन मात्र बल भए पुग्छ । यस प्रति सबै लघुबित्त कर्मिहरु सचेत हुनु जरुरी भने पक्कै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.