बैंकिङ कसुरका अभियुक्त अजय श्रेष्ठलाई एक करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

बैंकिङ खबर । बैंकिङ कसुरमा पूर्वपक्षका लागि थुनामा रहेका पूर्व बैंकर अजय श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतले पाटन उच्च अदालतले थुनामा राख्न गरेको आदेश खारेज गर्दै धरौटीमा रिहा गर्न भनेको हो। आइतबार न्यायाधिसहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँगै किरणकुमार वोहोरा पनि एक करोड धरौटीमा रिहा हुने भएका छन्।

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई जग्गा धितो र कर्जामा बैंकिङ कसुर परेको थियो । नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उनी पक्राउ परेका थिए । सोही विषयमा उनलाई उच्च अदालत पाटनले पूर्वपक्षमा थुनामा पठाउने निर्णय गरेको थियो। तत्पश्चात उनी सर्बोच्च गएका थिए । पूर्व बैंकर अजय श्रेष्ठलाई आइतबार न्यायाधिसहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.