"> धितोपत्र बोर्डको अध्यक्षमा दरखास्त आवहान, बोर्डले अध्यक्ष पाउन केही समय लाग्ने – Banking-Khabar

धितोपत्र बोर्डको अध्यक्षमा दरखास्त आवहान, बोर्डले अध्यक्ष पाउन केही समय लाग्ने

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले अध्यक्ष छनोटको प्रक्रियामा प्रतिश्प्रर्धाबाट आवहान गरेको छ । समितिले पहिलो पटक सूचना जारी गरी अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो । जसअनुसार योग्यता पुगेको उम्मेदवारले १५ दिनभित्र समितिको सचिवालय अर्थ मन्त्रालयमा दरखास्त दिनुपर्नेछ ।

अध्यक्षका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रका कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनेछन् । ती व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । अध्यक्षमा काम गर्न इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ  भने भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागु औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नौतिक पतन देखिने गरी अन्य फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्नेछ । सरकारले दुई साताअघि अध्यक्ष सिफारिस गर्न समिति गठन गरेको थियो । अध्यक्ष रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि लामो समयदेखि अध्यक्ष पद रिक्त छ । कार्कीको चार वर्षे कार्यकाल असोज ३० मा सकिएको थियो । रिक्त रहेको पदमा नयाँ अध्यक्ष छनोट गर्न लागिएको छ । योजना आयोगका सदस्य रामकुमार फुँयाल संयोजक रहेको सिफारिस समितिमा राजस्व सचिव शिशिर ढुंगाना र चार्टर्ड एकाउन्टेन्ट संस्था आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.