November 20th, 2019

नेशनल माइक्रो फाइनान्सको Portfolio Management & leadership तालिम सम्पन्न


बैंकिङ खबर । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले Portfolio Management & leadership तालिम कार्यक्रम सम्पन्न गरेको छ । तालिम कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय स्थित निलकण्ठ न.पा.३ धादिङबेसी स्थित धादिङ क्रिक रिसोर्ट धादिङबेसीमा संचालन भएको थियो । तालिम कार्यक्रमको औपचारिक उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले गर्नु भएको थियो । तालिम कार्यक्रममा संस्थाको ३२ वटा शाखा कार्यालयको सहायक र कनिष्ठ सहायक कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिम कार्यक्रममा प्रशिक्षको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत राम बहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, काशिराम भट्टराइर्, सिताराम पंडितले सहभागीहरुलाई कर्जा व्यवस्थापन,नेतृत्वशिप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयं उत्प्रेरणा र नेतृत्व विकास सम्बन्धित शिर्षकहरु बारेमा प्रशिक्षण गराउनुभएको थियो ।
तालिम कार्यक्रमको अन्तिम दिन प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको सभापतित्वमा समापन समारोहको आयोजना गरिएको थियो । समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले सबै सहभागीहरुलाई तालिमको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । समापनको अन्तिममा प्रमुख कार्यकारी अधिकृत यादवले सहभागीहरुलाई तालिममा सिकेका बिषयबस्तुहरुलाई व्यवहारमा लागु गरि कार्यसम्पादनमा सुधार गर्न सुझावको साथै सकारात्म्क धारणाको विकास गरि उत्पादकत्व बृद्धि गर्न सुझाव सहित तालिम कार्यक्रममा सक्रिय सहभागीताको लागि सहभागीहरु लगायत व्यवस्थापनलाई धन्यवाद दिदै ३ दिने तालिम कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]