November 16th, 2019

मिर्मिरे लघुवित्तद्धारा एक दिने अदुवा खेति तथा भण्डारण तालिम सम्पन्न


बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय झुलनेटा, रुकुमले संस्थाका ६० जना ग्राहक सदस्यहरुको सहभागितामा“एक दिने अदुवा खेति तथा भण्डारण सम्बन्धि तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षक अस्मीता के.सि रहनुभएको थियो ।
महिलाहरुलाई लघु उद्यमीका रुपमा विकास गर्न पहल गरीरहेको संस्थाले देश भरी नै आफ्ना शाखाहरुमा विभिन्न तालिम साथै जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।
तालिममा अदुवा खेति लगाउने समय र बीउको पद, बीउ उपचार तरिका, व्यवसायीक अदुवा खेति, अदुवा वालि भित्रयाउने समय, लाग्ने रोगहरु, बजारीकरणका बारेमा प्रशिक्षण गरीएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै आन्तरीक लेखा परिक्षण विभागका विभागीय प्रमुख शुसिल कु. बुढाले संस्थाले आउँदा दिनमा तालिम लिएका सदस्यहरुको घरदैलौ कार्यक्रम गरी तालिममा भनिएका ज्ञान तथा सिप प्रयोगको बारेमा तथ्याङ्क लिने बताएका थिए । उनले सदस्यलाई तालिमलाई तालिमका रुपमा मात्र नलिएर व्यवहारीक रुपमा प्रयोग गर्न आग्रह गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]