November 14th, 2019

१५ वाणिज्य बैंकको लाभांश घोषणा : एनएमबिको सबैभन्दा धेरै, अरुको कति ?

बैंकिङ खबर । १५ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । १५ बैंकमध्ये, सबैभन्दा बढी लाभांश एनएमबि बैंकले दिँदैछ भने सबैभन्दा कम सिभिल बैंकले दिँदैछ ।

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद गरी २२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत वर्षको तुलनामा बढी लाभांश दिन लागेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिन लागेको छ । बैंकले १०.५ प्रतिशत सेयर र ८.५ प्रतिशत नगद दिने घोषणा गरेको छ ।

एनएमबि बैंकले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिँदैछ । लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति समेत दिइसकेको छ । मंसिर ६ गते बैंकको साधारणसभा हुँदैछ ।

सिभिल बैंकले ६.५७ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले पनि २२.५० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने भएको छ ।

ग्लोबल आईएबई बैंकले १२.७५ प्रतिशत बोनस तथा १२.७५ प्रतिशत नगद लाभांश दिँदैछ भने जनता बैंकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

मेगा बैंकले ११.७५ प्रतिशतले हुन् आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा बराबरको नगद लाभांश वितरण वितरण गर्दैछ ।

सनराइज बैंकले १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्दैछ ।

सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

नविल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल बंगलादेश बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]