"> ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक – Banking-Khabar

ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत ब्याज रहेको छ । बचत खातामा भने अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

कर्जातर्फ बैंकले हायर पर्चेज, स्टक शैक्षिक धितोकर्जा, ब्रोकर फाइनान्सिङ गर्दा, सेयर धिताकर्जा, मोटरेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज तोकेको छ भने होम लोन, अटो लोन लिँदा भने १४.४४ प्रतिशत ब्याज लाग्ने जनाएको छ ।

असोज मसान्तसम्म बैंकको आधार दर ९.४४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अधिकतम १५.४४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.