November 13th, 2019

विदेशबाट ल्याउने सामानको कर बढ्यो, केकेमा दिइयो छुट ?

बैंकिङ खबर । अर्थमन्त्रालयले विदेशबाट आउने सामानको भन्सार शुल्क बढाएको छ । सरकारले विदेशबाट फर्कदा नेपाली कामदारले ल्याउने सुनको मूल्यको भन्सार दरका साथै कस्मेटिक मालवस्तु, सरसफाइको सामान, कफि लगायतको अन्तःशूल्क बढाएको हो ।

अब विदेशबाट फर्कदा ल्याउने काचो सुनको ५० ग्रामसम्म प्रति १० ग्रामको हिसाबले ७५०० रुपैयाँ र १०० ग्राम ल्याउदा बाँकी ५० ग्राममा १० ग्रामको दरले ८५ सय रुपैयाँ तिनुपर्छ । जसअनुसार ५० ग्राम सुन ल्याउदा ३७ हजार ५०० रुपैयाँ शुल्क लाग्छ भने १०० ग्राम ल्याउदा ८० हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्छ । पहिलेको व्यवस्थामा ५० ग्रामको २६ हजार र १०० ग्राम ल्याउदा ५७ हजार रुपैयाँ भन्सार शुल्क थियो ।

सुन गहनाको हकमा भने ५० ग्रामसम्म कुनै पनि महशुल लाग्दैन । १०० ग्रामको हकमा बाँकी ५० ग्राममा प्रति १० ग्राम ८५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ । १०० ग्रामभन्दा बढी थप १०० ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम १० हजार भन्सार शुल्क लाग्छ ।

सरकारले कपालमा प्रयोग हुने कस्मेटिक मालवस्तुको अन्तुल्क ५ प्रतिशतले बढाएर १० प्रतिशतले बढाएको छ भने फलाम तथा इस्पातको सरसफाइको सामानको ५ प्रतिशत अन्तशुल्क लगाउने निर्णय गरेको छ । त्यस्तै, विदेशबाट आयात हुने कफीमा १० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ ।

केकेमा घटाइयो ?
चल्ला कोरल्नको लागि निषेचित फुलहरुको पैठारीमा ५० प्रतिशत भन्सार महशुल छुट दिइएको छ । रङ उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा त्यसलाई २० प्रतिशतमा झारिएको छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर बनाइएको वाइन उद्योगमा लाग्दै आएको अन्तशुल्कमा ३० प्रतिशत छुट दिइने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]