November 13th, 2019

नवराज कुँवरले घोषणा गरे क्यान फेडेरेशनको अध्यक्षमा उम्मेदवारी

बैंकिङ खबर । सूचना प्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचन हुँदैछ ।
“७७ ओटै जिल्लामा क्यान महासंघका शाखा पुर्याई मुलुकमा सूचनाप्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ मैले सूचनाप्रविधि व्यवसायीको छाता संस्थाको रुपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा दावेदारी पेश गरेको कुँवरले जानकारी दिएका छन् ।
सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात र निर्यात मा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवाहरीक कर नितिलाई सरकारसंग छलफल गरि समाधान गर्ने पहल गरिने समेत कुँवरको भनाई छ ।
आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेशनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने कुँवरले बताएका छन् । नेपालको सबैभन्दा ठूलो सूचनाप्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।
त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचनाप्रविधि (आईटी) र पर्यटन प्रविधि (टीटी)लाई सम्बोधन गर्ने गरी गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तराष्ट्रिय सम्मेलन आयोजना समेत गर्ने उनले भनाइ छ । सूचनाप्रविधिका विभिन्न क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहयोग जुटाउन आफूले पहल गर्ने र सूचनाप्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कुटनीतिक नियोगसँग छलफल गरी काम अगाडि बढाउन पहल गर्ने पनि उनले बताए ।
कुँवरका अनुसार गैरआवासीय नेपालीमार्फत सूचनाप्रविधिका कम्पनीमा विदेशी लगानी भित्राउन आवश्यक कदम चालिनेछ र विदेशिएको युवा जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमा स्वदेशमै रोजगारी सृजना हुने वातावरणको खोजि गरिने छ ।
विसं. २०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचनाप्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रुपमा सदस्यता दिलाएका थिए । विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव संगालेको, समितिका सबैभन्दा पूरानो र हाल बरिष्ठ उपाध्यक्ष भएकोले पनि आफ्नो उम्मेदबारी स्वाभाविक रहेको कुँवरले बताएका छन् ।
सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरु यसमा आवद्ध छन् । मुलुकले संघीय संरचना अनुसरण गरे अनुरुप क्यान फेडेरेशनले पनि आफूलाई त्यही स्वरुपमा ढाल्दै लगेको छ । राष्ट्रिय सूचनाप्रविधि नीति तथा कार्यक्रममा सरकारलाई परामर्श दिने तथा सहकार्य गर्ने, मुलुकमा यस क्षेत्रका लागि व्यावसायिक वातावरण निर्माणका लागि प्रयासरत रहने, व्यवसायीको हकहीतका लागि निरन्तर काम गर्ने तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहकार्य गर्नेजस्ता कार्यमार्फत क्यानले आफूलाई यस क्षेत्रको सशक्त संस्थाको रुपमा उभ्याउन सफल भएको छ । क्यानलाई त्यसै दिशामा अझ प्रभावकारी ढंगले अगाडि बढाउने आफ्नो योजना रहेको पनि कुँवरले बताए । कुँवर आफ्नो समुह बाट संस्थागत साधारण समुहबाटराजन कर्मचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने, संस्थागत आजिवन समुहबाटडा. पवन कुमार शर्मा, नविन जोशी, राजेन्द्र अर्याल व्यक्तिगत आजिवन समुहबाटप्रा. डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारीव्यक्तिगत साधारण समुहबाटखुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेश राज कार्की. वस्तुगत सदस्य समुहबाटनारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा लेखा समितिमालक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य) , भिमसेन गिरी (जिल्ला शाखा) जिल्ला शाखा समुहबाटप्रदेश नं २ः दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठप्रदेश नं ३ः शेखरनाथ दुलाल र भानु शर्मागण्डकी प्रदेशः अशोकबाबु राना प्रदेश नं ५ : रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप)कर्णाली प्रदेश : दलबहादुर खड्का र भिम मल्लसुदुर पश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराज ढुंगाना उममेदवार रहेको घोषणा समेत गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]