आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा बैंकिङ लगानीे

खुम बहादुर सुवेदी । थोरै लगानीमा धेरै उत्पादन हुने एक मात्र व्यवसाय हो पर्यटन । त्यसमाथि, नेपाल पर्यटकहरुका लागि एक आकर्षक स्थल रहँदै आएको छ । यस हिसाबले हेर्दा पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी आकर्षक रहेको पाइँदैन । राम्रो लगानी हुने हो भने पर्यटन क्षेत्रबाट मुलुकका आर्थिक विकासमा ठूला टेवा पुग्छ । राष्ट्र बैंकले क्षेत्र नै तोकेर उत्पादन क्षेत्रमा लगानी बढाउन भनेपछि पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ । तर, अझै पुगेको छैन । पर्यटनतर्फ लगानी गर्ने थुप्रै क्षेत्रहरु छन्, जसमा बैंकहरुले लगानी बढाउनुपर्ने देखिन्छ ।

नेपालमा धेरै देशका बैंकहरु खुलेका छन् तर चिनियाँ बैंक आउने कुरा भने कुरामै मात्र सिमित भएको छ । यसले गर्दा, चिनियाँ पर्यटकले नेपाल आउँदा गर्ने खर्च र नेपालीले चीन गएर गर्ने खर्च बैंकिङ प्रणालीमा आउन सकेको छैन । नेपालमा धेरै पर्यटक भित्रिने देशमध्येमा चीन पर्छ । यस आधारमा हेर्दा, पर्यटन क्षेत्रबाट हुने ठूलो आम्दानी बैंकिङ च्यानलमा आउन सकेको छैन । यसलाई व्यवस्थापन गर्नेतर्फ बैंकिङ क्षेत्रको ध्यान छिटै केन्द्रित हुनुपर्ने देखिन्छ । यसले पर्यटन र बैंकिङ क्षेत्रका साथसाथै समग्र अर्थतन्त्रकै विकासमा सहयोग पुग्ने देखिन्छ । (ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका अध्यक्ष सुवेदीद्धारा मिडिया इन्टरनशनलद्धारा आयोजित एक कार्यक्रममा व्यक्त विचारमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.