November 8th, 2019

गाउँगाउँमा पुग्यो बैंकिङ सेवा, तर ग्राहक अझै न्यून

अनिल शर्मा । बैंकिङ पहुँच पहिलेको तुलनामा निकै बढेको अवस्था छ । राष्ट्र बैंकको निर्देशनअनुसार लगभग सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेका छन् । अति नै दुर्गम १४ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहको छ । ती स्थानीय तहमा पनि छिटै शाखा पुग्नेछ । यसबाहेक, विकास बैंक र माइक्रोफाइनान्सहरुल पनि वित्तीय पहुँच विस्तारमा ठूलो योगदान पुर्याइरहेका छन् ।

बैंक शाखा चार हजारको हाराहारीमा पुगिसकेका छन् भने एटीएम पनि तीन हजारको हाराहारीमा पुगका छन् । फलस्वरुप बैंकमा खाता खोल्नेहरुको संख्या पनि बढिरहेको छ । यो एकदमै सुखद कुरा हो । अहिलेको अवस्थालाई ६०.९ प्रतिशतमा बैंकिङ पहुँच पुग्नु भनेको राम्रो हो । तर, यो पर्याप्त भने छैन । अझै पनि ३९ प्रतिशत जनता बैंकिङ पहुँच बाहिर छन् ।

बैंकिङ पहुँचभित्रै भएका सर्वसाधारणहरुमा पनि वित्तीय साक्षरता पर्याप्त छैन । जसकारण पहुँचअनुसार बैंकिङ क्षेत्रको प्रयोग हुन सकेको छैन । बैंकबाट कर्जा लिएर उद्यम गर्ने, रेमिट्यान्सको प्रयोग गर्ने, बैंकमा खाता खोलेर बचत गर्ने, आफ्नो जीवन, सम्पत्ति वा पैसाको बीमा गर्ने जस्ता विषयमा सर्वसाधारण जानकार छैनन् । बैंकिङ एक्स्पो जस्ता कार्यक्रमले बैंकको महत्व, प्रविधिको प्रयोग, कर्जा लिने तरिका र फाइदा, रेमिट्यान्स लगायतका बैंकिङसँग सम्बन्धित सबै सेवा सुविधाहरुका बारेमा जानकारी दिई वास्तविक रुपमा वित्तीय पहुँच बढाउन सहयोग गरिरहेको छ ।
(नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी निर्देशक शर्माद्धारा मिडिया इन्टरनशनलद्धारा आयोजित एक कार्यक्रममा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]